१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

ताप्लेजुङमा आगलागी हुँदा ८ घर ध्वस्त, साढे ७ करोड बढीको क्षति

ताप्लेजुङ- कोरोना कहरले थलिएको मानवीय जीवनमा थप नुनचुक भर्नेगरी शुक्रबार राति ताप्लेजुङ सदरमुकाम फुङ्लिङको ट्याक्सी स्टेन छेउमा भएको आगलागीबाट ८ वटा जलेर नष्ट भएका छन् ।

आगलागीबाट ७ करोड ६५ लाख ७२ हजार ७०० रुपैयाँ बराबरको क्षति भएको प्रारम्भि तथ्याङ्क संकलन गरिएको छ । कूल क्षति मध्ये व्यक्तिगततर्फ ७ करोड ४३ लाख २५ हजार र संस्थागततर्फ २२ लाख ४७ ७०० रुपैयाँ क्षति भएको छ ।

संकलित तथ्याङ्क अनुसार आगोले ७ वटा पूर्ण रुपमा जलेको छ भने आगो फैलन नदिन आगो लाग्दै गरेको १ घर भत्काइएको छ । यो सहित आगोबाट भएको ८ घर पूर्ण रुपमा क्षति र अरु केहि घरमा आशिंक क्षति भएको छ । ८ घरमा रहेका २९ घर परिवारका मानिस बिस्थापित भएका छन् ।

आगोले ६ वटा संस्थागत निकायहरुको कार्यालय तथा संरचनामा क्षति गरेको पाइएको क्षति बिवरण संकलनमा संलग्न जिल्ला रेडक्रस सोसाईटीका मन्त्री विकास गौतमले जानकारी दिए ।

 

प्रकाशित: २० वैशाख २०७७ १३:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App