११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

धादिङमा टिपर दुर्घटना हुँदा सहचालकको मृत्यु, चालक घाइते

धादिङ- त्रिभुवन राजपथ अन्र्तगत धादिङको धुनिबेंसी नगरपालिका वडा नं ९, कानाकोटमा टिपर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ भने चालक घाइते भएका छन् ।

बा ५ ख ६७७५ नम्बरको टिपर गएराति अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा टिपरका सहचालक धुनिबेंसी नगरपालिका–९ बस्ने ३० वर्षीय अमृत बोगटीको उपचारका क्रममा मंगलबार मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा सख्त घाइते भएका उनको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका टिपर चालकको भने वीर अस्पताल काठमाडौंमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय खानीखोलाले जानकारी दिए ।

प्रकाशित: १६ वैशाख २०७७ १५:३२ मंगलबार

टिपर_दुर्घटना मृत्यु