२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

एक साताभित्र दुई निलगाई मृत अवस्थामा

कपिलवस्तु- जारी लकडाउनमा कपिलवस्तुमा निलगाईको चोरी शिकारी बढेको छ । जिल्लाको पश्चिमी क्षेत्रमा निलगाई मार्ने शिकारी सकृय भएका हुन । नदी खोलाको बगरमा घास चर्न आउने निलगाईलाई जालमा फसाउने र गोलीले हानेर शिकार गर्ने गरिएको स्थानीय बताउँछन् ।

मासु प्रयोजनका लागि शिकारीहरुले निलगाई मार्ने गरेका छन् । यसैक्रममा पछिल्लो एक साताभित्र दुई निलगाई मरेको अवस्थामा फेला परेका छन् । कपिलवस्तुको कृष्णनगर नगरपालिका ८ लोहोरौलामा एक निलगाई मृत अवस्थामा फेला परेको छ । सोमबार दिउँसो १ बजे इलाका प्रहरी कार्यालय वहादुरगन्जको टोलीले जालमा फसेको अवस्थामा फेला परेको थियो ।

उक्त स्थानबाट दुई वटा मोटरसाइकल समेत बेवारिसे अवस्थामा फेला परेको प्रहरी नायव निरीक्षक अभय रावतले बतानए । लु २५ प ५२२९ र लु २ प २३ नम्बर मोटरसाइकल बरामद गरिएको रावतले बताए । प्रहरीले मृतक निलगाई र मोटरसाइकल डिभिजन वन कार्यालय गौतमबुद्वलाई बुझाएको छ ।

थप अनुसन्धान भइरहेको डिभिजन वन अधिकृत दुर्गाबहादुर कार्कीले बताए । गत सोमबार महाराजगंज नगरपालिका महाराजगंज ९ जितपुरमा शिकारीहरुले गोलि हानि निलगाई मारेका थिए । स्थानीय किसानले खेत किनारमा गोली लागि मरेको अवस्थामा निलगाई देखेपछि प्रहरीलाइ खबर गरेका थिए

प्रकाशित: १६ वैशाख २०७७ ०३:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App