७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

प्रभु बैंकमा आगलागी

चितवन - चितवनको नारायणगढस्थित प्रभु बैंकमा आगलागी भएको छ। विद्युत चुहावट भई आगलागी भएको वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक रवीनबाबु रेग्मीले बताए। उनका अनुसार स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र दमकलको सक्रियतामा आगो नियन्त्रणमा लिइएको छ।

बिहान ११ः २० बजे लागेको आगो ११ः४५ बजे नियन्त्रणमा लिइएको हो। क्षतिको विवरण आउन बाँकी रहेको उनले जानकारी दिए। रासस

प्रकाशित: १५ वैशाख २०७७ ०७:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App