४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

चट्याङबाट दुईको मृत्यु, सात घाइते

धादिङ - दक्षिणी धादिङको थाक्रे गाउँपालिका–३ बालुवाखर्कमा गए राति परेको चट्याङका कारण दुई जनाको मृत्यु भएको छ भने सात घाइते भएका छन्।

चट्याङ लागेर मृत्यु हुनेमा २४ वर्षीय सागर अर्याल र ५० वर्षीया सानुमान तामाङ रहेका छन्। घरमा चट्याङ लागेपछि गम्भीर घाइते भएका तीन जनालाई काठमाडौँतर्फ अस्पताल लाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए। गम्भीर घाइते अर्का एक जनाको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ। 

गाउँमा रहेको बिजुलीको ट्रान्सफर्मरमा चट्याङ परेपछि लेक मल्डुङ र बेँसीमल्डुङ तथा बालुवाखर्कको सबैको घरमा विद्युत्को हाइभोल्टेज आएको थियो। घरमा जता छोए पनि करेन्ट लाग्ने भएपछि मोबाइल चार्जबाट झिक्न लाग्दा र बत्ती निभाउन खोज्दा करेन्ट लागेको वडाअध्यक्ष अमित घलेले जानकारी दिए। घाइते भएका चार महिला र दुई पुरुषको भुुमेस्थानस्थित स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। रासस

प्रकाशित: ९ वैशाख २०७७ ०३:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App