५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

स्थानीयको सहयोग, राजमार्गमा हिड्ने मजदुरलाई खाना

स्याङ्जा-,फेदिखोला गाउँपालिका स्याङ्जा अन्तर्गत सर्केटारिमा स्थानीय बासिन्दाले बाटोमा हिड्ने श्रमिक लगायतका बटुवालाई खाना खुवाउन थालेका छन्।  फेदिखोला गाउँपालिकाको सर्केटारीमा स्थानीय आमा समूह र सर्केटारी समाजको सक्रियतामा र समाजमा खर्च उठायर पैदल आएका मजदुरहरुलाई खाना खुवाएको छ।

नयाँ पुल, बागलुङ ,तनहुँदेखि पैदल हिडेर आएका मजदुरहरुलाई उनीहरुले खाना खुवाएका हुन्। भोकभोकै लखतरान परेर थाकेका ती मजदुर बिखर्चीसमेत भएका थिए। ठाँउ ठाउँमा स्थानीय सरकारका अवरोधहरु छिचोलेर स्याङ्जाको सर्केटारीसम्म आइपुगेका उनीहरुको दयनीय अवस्था देखेर आफूहरुका आँखासमेत रसाएको समाजसेवी राजन पराजुलिले बताए।

 उनीहरु चाउचाउ र चिउराको भरमा विभिन्न भुभाग हुदै सर्केटारीसम्म आइपुगेका हुन्। सर्केटारि स्याङ्जा प्रवेसको नाका हो। सर्केटारीमा अबदेखि भोकाएका पैदल यात्रुलाई सित्तैमा खाना खुवाइने सामजसेवी दिवाकर सुवेदीले बताए। प्रहरी प्रशासन स्थानीय तह र जिल्ला प्रशासनलाई पनि यस विषयमा जानकारी दिएको उनले बताए। 'हामी खाना खुवाउँछौ। श्रमिकले न्याय पाउनु पर्छ। कुनै पनि वाहानामा मजदुर रोक्ने कार्य गर्न नहुने भन्दै राज्यका कुनै निकायको मजदु रोक्ने काम भए सहजिकरण भएन भने त्यो कदमको प्रतिवाद गर्छौ, स्थानीय सुवास पौडेलले भने।

प्रकाशित: ६ वैशाख २०७७ १३:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App