२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

राहत बाड्न स्थानीय सक्रिय

जुम्ला -  जुम्ला रारा गाउँका मुनबहादुर बस्नेत अतिविपन्नलाइ राहत बाँड्न व्यस्त छन्। उनी आफ्नै लगानीमा विपन्नलाइ राहत बाँड्न थालेका हुन्। स्थानीय सरकारले गाउँमा अतिविपन्नको नाम सुचिकृत गरेको छ। त्यही आधारमा गाउँमा राहत बाँडिरहेको उनले बताए। 

उनले पाँच बोरा चामल,दस पाकेट तेल, पाँच पाकेट नुन र २२ जनालाइ साबुन बाँडेका हुन्। उनले भने,‘ विपत्तीको यो घडिमा पछाडी हटेर होइन, डटेर सामाना गर्नुपर्छ। त्यसका लागि गाउँका अतिविपन्न नागरिकलाइ उर्जा प्रदान गर्न जरुरी छ।

विपतको बेला साथ दिने पनि छन भन्ने उदाहरण बन्नु पर्नेमा उनी बताउँछन्। जुम्ला तिला गाउँपालिका २ का जनक परीयार (बिन्दमान बाबु) ले पनि गाउँमा राहत दिएका छन्। उनले २० बोरा चामल उपलब्ध गराएका हुन्। प्रति घरपरिवारलाइ प्रतिकेजी ३० केजी चामल दिइएको उनले बताए। उनका अनुसार राहत तिला २ लिही गाउँका १५ जना र लर्मिगाउँका ५ जनालाइ हस्तान्तरण गरिएको छ।

   कोभिड १९ का कारण जनजीवन निकै अस्तब्यस्त छ। लकडाउनका कारण काम गरेर खाने बर्गले विहान बेलुकाको छाक टार्न सकेका छैनन्,   जनकले भने,‘ ती बर्गका परिवारलाइ मध्येनजर गर्दै चामल उपलब्ध गराएको हुँ। यो बेला सबैले साथ दिन जरुरी छ। ’

जनक परियार पुर्व माओवादी जनसेनाका बटालियन कमाण्डर हुन्। गाउँका जनप्रतिनिधि संग समन्वय गरेर अतिविपन्न नागरिकलाइ राहत दिइएको उनीहरु बताउँछन्।   ‘यो विपतीको घटिमा अतिविपन्न नागरिकलाइ छाक गुजार्न समस्या भइरहेकोछ । झण्डै तीन साता लामो लकडाउनले उनीहरुको अवस्था दयनिय नै छ। राहत दिनका लागि धन चाहिदैन्। मन भएको खण्डमा सानो सहयोग भएपनि गर्न सकिन्छ। उनले थपे,‘ एक बोरा चामलले एक महिना कट्छ भने विपन्न नागरिकका लागि निकै महत्वपुर्ण हुनेछ। ’ 

यतिबेला विकास निर्माणका क्रियाकलाप ठप्प हुदा ज्यालामजदुरी गरेर खाने बर्ग निकै समस्या छन्। यो बेला उनीहरुको सारथी बनेर साथ दिनु सबैको दायित्व हुन आउँछ। उनले तीनै तहको सरकारबीचको प्रभावकारी समन्वयले मात्र अतिविपन्नको दैनिकी चलाउन संभव हुने बताए।  गाउँमा सबैको भेला गरेर अतिविपन्न नागरिक छनौट गर्ने गरिएको थियो्। 

जुम्ला तिला गाउँपालिका १ रारागाउँका समाजसेवी मुनबहादुर बस्नेत अतिविपन्न नागरिकलाइ घरदैलोमा पुगेर राहत उपलब्ध गराउँदा स्थानीय निकै खुसि भएको बताउँछन् । जनप्रतिनिधि संग समन्वय गरेर स्थानीय सरकारले अतिविपन्न नागरिकका रुपमा छनौट गरेका व्यक्तिलाइ आफुले खाद्यन्न दिएको उनी बताउँछन्।  

 दुइ दिनको जीन्दगीमा सुखदुख यस्तै हो। मुनबहादुरले भने,‘ थोरबहुत राहत दिएर बिहान बेलुकीको छाक टर्छ भने सबैले सहयोग गर्नुपर्छ। म धनि भएर पनि दिइएको होइन्। आपत विपतको समयमा बाँडेर गुजारा चलाउनु पर्छ भन्ने मान्यता स्थापित गर्नको लागि राहत स्वरुप खाद्यन्न उपलब्ध गराएको हुँ। ’ 

उनले लकडाउन लम्बिदै गएको खण्डमा थोरबहुत फेरी पनि अतिविपन्नलाइ राहत दिन सकिने बताए। कोराना भाइरसको संक्रमण फैलन नदिनको लागि सरकारी स्तरबाट उच्च सतर्कता अपनाउने कार्य भइरहेको छ। सरकारले गरेको लकडाउनको पुर्ण पालना गर्न र आफु संग भएको खाद्यन्न बाँडचुड गरेर प्रयोगमा ल्याउन उनले आग्रह गरे। उनले भने,‘ यो संकटपुर्ण अवस्थामा सबैले एकआपसमा हातेमालो गर्न जरुरी छ। अभावको परिपुर्ति गर्ने देखि कोराना भाइरसका गाउँमा छिर्न नदिको लागि उच्च सतर्कता गाउँमा पनि अपनाउन जरुरी छ। 

तिला गाउँपालिका उपाध्यक्ष बिष्णु बुढा विपतको समयमा आवश्यक पर्ने खाद्यन्न सहित सरसफाइ सामाग्री उपलब्ध गराउने धन्यावादको पात्र भएको बताउँछिन्। उनले भनिन्,‘ यो समय निकै संवेदशिल समय हो। यो समयमा सबैले एकआपसमा सुखदुख साट्ने र अभावको समयमा मिलेर समाधान गर्न सक्ने आँट र साहस सबैले गर्न जरुरी छ। ’ उनले गाउँपालिकाले पनि अतिविपन्न नागरिकलाइ राहत उपलब्ध गराइरहेको बताइन्।  उपाध्यक्ष बुढाले गाउँपालिकाले खडा गरेको विपत कोषमा समेत सहयोग गर्न आग्रह गरिन्।

 

प्रकाशित: १ वैशाख २०७७ ०६:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App