२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

ताप्लेजुङका अधिकांस क्वारेन्टाइन रित्तै

ताप्लेजुङ उद्योग बाणिज्य संघको फुङ्लिङस्थित भवनमा निर्माण भएको क्वारेन्टाइन । तस्बिर : खगेन्द्र/नागरिक

ताप्लेजुङ- ताप्लेजुङमा निर्माण भएका अधिकांस क्वारेन्टाइन रित्तै रहेका छन्। ९ स्थानीय तह र ३ वटा विभागीय कार्यालयमा १ सय ७४ शैयाको क्वारेन्टाइन निर्माण भएपनि क्वारेन्टाइनमा भने २ मात्रै रहेका छन्।

प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले अहिले सिदिङ्वा गाउँपालिकाको केन्द्र साब्लाखु भञ्ज्याङमा १ र पाथीभरा याङ्वरक गाउँपालिकाको केन्द्र थुम्बेदिनमा निर्माण भएको क्वारेन्टाइनमा १ गरी जिल्ला भरीमा २ जना मात्र क्वारेन्टाइनमा रहेका छन्। बाँकी ७ वटा स्थानीय तहमा निर्माण भएका क्वारेन्टाईन पूरै खाली रहेका छन्। पाथीभरा याङ्वरक गाउँपालिका अध्यक्ष केशरकुमार मेन्याङ्बोले थुम्बेदिनको क्वारेन्टाइनमा रहेका १ जनाको अहिलेसम्मको स्वास्थ्य अवस्था सामान्य रहेकोले उनलाई क्वारेन्टाइनबाट घर पठाउने तयारी भईरहेको जानकारी दिए।

थुम्बेदिनस्थित क्वारेन्टाइनमा रहेका व्यक्ति मकवानपुरस्थित फाष्ट ट्रयाक निर्माणमा खटिएका मजदुर हुन्। फाष्ट ट्रयाक कार्य तत्काललाई बन्द भएपछि घर आएका उनलाई क्वारेन्टाइनमा राखिएको थियो। गाउँपालिका अध्यक्ष मेन्याङ्बाले उनीसंगै कार्यरत रही घर आएकालाई सिरिजङ्घा गाउँपालिकाले क्वारेन्टाइन मुक्त गरिसकेको अवस्थामा आफूहरुले पनि क्वारेन्टाइनमुक्त गर्ने तयारी भईरहेको जानकारी दिए। सिदिङ्वा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देनले २ जना क्वारेन्टाइनमा रहेकामा १ जनालाई मुक्त गरी बाँकी १ जना मात्र क्वारेन्टाइनमा रहेको जानकारी दिए।

 

प्रकाशित: ३० चैत्र २०७६ ०८:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App