७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

स्टेसनरी र फेन्सी पसलमा आगलागी हुँदा २१ लाख बराबरको क्षति

रसुवा  - रसुवाको कालिका गाउँपालिका–५, जीवजीवेमा स्टेसनरी र फेन्सी पसलमा आगलागी भएको छ। गएराति साढे १ बजेतिर अर्जुनप्रसाद पौडेलको घरको एउटामा आगालागी भएको थियो। 

स्थानीय विष्णु पौडेलका अनुसार साढे १ बजेतिर आगोको मुस्लो देखिएपछि तत्काल प्रहरीलाई खबर गरिएको थियो। आगोले स्टेनसनरीमा रहेका सम्पूर्ण सामग्री नष्ट भएको छ। पौडेलको पसलबाट सुरु भएर आगो अर्को सटरमा साबित्री देवकोटाले राखेको फेन्सी पसलमा पुगेको थियो। 

करेन्ट सर्ट भएर आगो लागेको हुन सक्ने अनुमान गरिएको छ। प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीका अनुसार बिहान साढे २ बजे आगो नियन्त्रणमा आएको थियो। स्थानीय र प्रहरीले आगो निभाएका हुन्। आगलागीले करिब २१ लाख ३३ हजार मूल्य बराबरको क्षति भएको अनुमान गरिएको छ।

प्रकाशित: ३० चैत्र २०७६ ०४:२० आइतबार

आगलागी क्षति