२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

डेरा गरेर अध्ययन गर्ने विद्यार्थीलाई गृह जिल्ला पुर्‍याइँदै

बनियानी  - जिल्लाका विभिन्न स्थानमा डेरा गरेर अध्ययनरत विद्यार्थीलाई उनीहरुको गृह जिल्ला पुर्‍याइने भएको छ। कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि सरकारले देशभर लकडाउन घोषणा गरेपछि डेरामा बसेर अध्ययनरत विद्यार्थी समस्यामा परेकाले उनीहरुलाई गृह जिल्ला पुर्‍याउने व्यवस्था गरिएको कोरोना भाइरस रोकथाम, उपचार तथा समन्वय अनगुमन समिति झापाका संयोजक सोमनाथ पोर्तेलले जानकारी दिए। 

उनका अनुसार झापामा करीब ३५० विद्यार्थी बाहिर अन्य जिल्लाबाट आएर अध्ययन गरिरहेका छन्। लकडाउनका कारण विद्यार्थी समस्यामा रहेकाले उनीहरुलाई आआफ्नो घरमा पुर्‍याउने समितिको निर्णय भएको छ, उनले भने, चाँडै उनीहरुलाई घर पुर्‍याइने व्यवस्था गर्दै छौँ। रासस

प्रकाशित: २९ चैत्र २०७६ ०९:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App