२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

पाँचथरमा आजबाट र्‍यापिड टेष्ट

पाँचथर– १ नम्बर प्रदेश सरकारले सुरु गरेको र्‍यापिड टेष्ट आज (शनिवार)बाट पाँचथरमा  हुने भएको छ। प्राविधिक टोली आइपुगेपछि शनिवार अबेर राँकेबजारबाट र्‍यापिड टेष्ट सुरु हुने १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले जानकारी दिए।

उनका अनुसार चैत–१ गते देखि जिल्लामा विदेशबाट आएकाहरुको ¥यापीट टेष्ट हुने छ । विराटनगरबाट तीन जनाको प्राविधक टोलि आउदै छ भने जिल्लामा एक जना प्राविधिक रहेका छन्।

जिल्लाको आठ स्थानमा क्वारेन्टाइनमा विदेशबाट आएका राखिएका छन्। अहिले जिल्लामा क्वारेन्टाइनमा ६० मा विदेशबाट आएकाहरु छन्। थप ८ जना क्वारेन्टाईनमा बसेर घर फर्किएका छन्।  २ सय वटा किट लिएर टोली आउदै छ। विस मिनेटबाट रिजल्ट देखाउने बताइएको छ। 

संकास्पदको नमुना थप परीक्षणका लागि लैजाने तयारी छ। प्रदेशका १ मा विपि मेमोरियल अस्पताल धरानका साथै कोशि अस्पतालमा पनि कोरोना परीक्षण हुन थालेको छ।  प्रदेश सरकारले यो हप्तामा ५ हजारको परिक्षण गर्ने लक्ष रहेको मन्त्री आङ्बोले जानकारी दिए।

चैत–१ गतेदेखि विदेशबाट आएका र उनीहरुको परिवारको परिक्षण गर्ने तयारी भएको पाँचथरका प्रहरी प्रमुख डिएसपि सिद्धराज न्यौपानेले जानकारी दिए। नेगेटिभ देखिएकालाई सात दिनकालागि होम क्वारेन्टाइनमा राखिने तयारी भएको छ।

 

प्रकाशित: २९ चैत्र २०७६ ०६:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App