१४ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

घरमै बसेर काम गर्न कर्मचारीलाई सरकारको निर्देशन

काठमाडौं – संघीय सरकारले निजामती कर्मचारीलाई घरमै बसेर काम गर्न निर्देशन दिएको छ। संघीय तथा सामान्य प्रशासन मन्त्रालयले इन्टनेट, टेलिफोन या सूचना–प्रविधिको प्रयोगमार्फत कोरोना संक्रमण तथा नियन्त्रणका लागि आफ्नो तर्फबाट भूमिका खेल्न निर्देशन दिएको हो।

लक–डाउन गरेको अवधिभर आफू बसेको स्थानमा कोरोना प्रभावित स्थानबाट आएको व्यक्ति अनवाश्यक घुमफिर गरेको पाइएमा त्यस्तो व्यक्तिलाई क्वारेन्टाइनमा राख्न अनुरोध गर्ने, अनुरोधपछि क्वारेन्टाइनमा बस्न नमानेमा वडा कार्यालयमा सम्पर्क गर्न मन्त्रालयले निजामती कर्मचारीलाई निर्देशन दिएको छ। आफू वरिपरि बसेको टोलमा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएमा त्यस्ता व्यक्तिलाई नजिकको स्वास्थ्य चौकीमा सम्पर्क गर्न अनुरोध गर्ने, स्वास्थ्य चौकीमा जान नमानेमा वडा कार्यालयलाई जानकारी गराउन मन्त्रालयले सबै कर्मचारीलाई निर्देशन गरेको छ। 

कर्मचारीलाई गरिएको परिपत्रमा आफूभन्दा एक तहमाथिको कर्मचारीसँग नियमित सम्पर्कमा बस्न तथा टेलिफोन, इन्टरनेट तथा सूचना–प्रविधि प्रयोग गरी कार्यालय प्रमुख तथा सुपरीवक्षेकसँग सम्पर्कमा रहन पनि निर्देशन गरिएको छ। लक–डाउन सुरु भएयता अत्यावश्यकीय सेवाका बाहेक अन्य कर्मचारी सरकारी कार्यालयमा जाने गरेका छैनन्।

प्रकाशित: २८ चैत्र २०७६ १०:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App