१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

गण्डकी समाचारः फेदीखोला क्वारेन्टाइनका नौ घर फिर्ता

स्याङ्जा - फेदीखोला गाउँपालिकाले क्वारेन्टाइनमा बसेका नौ जनालाई घर पठाएको छ। विदेशबाट आएका तीन युवा र उनीहरुका परिवारलाई गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा राखिएको थियो।

क्वारेन्टाइनमा राखिएका उनीहरुको स्वाब परीक्षणमा रिपोर्ट नेगेटिभ देखिएको र विदेशबाट आएको १४ दिन पूरा भएकाले बिहीबार घर पठाइएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बताए। क्वारेन्टाइनमा बसेर विषम परिस्थतिमा सामाजिक उत्तरदायित्व पूरा गरेवापत उनीहरुलाई रु एक हजारको दरले प्रोत्साहन रकम पनि दिइएको गाउँपालिकाले जनाएको छ।

कतार एयरवेजमा संक्रमित युवतीसँगै आएका दुई युवा  र एक महिलाको स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ देखिएको गाउँपालिका, स्वास्थ्य शाखाले जनाएको छ। रासस

प्रकाशित: २१ चैत्र २०७६ ०७:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App