७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

रामनवमीमा सुनसान हलेसी

हलेसीमा महादेवलाई गहना पहिराउँदै हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई । तस्बिर : नागरिक

खोटाङ– कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण खोटाङको त्रि–धार्मिकस्थल हलेसीमा सदियौंदेखि लाग्दै आएको रामनवमी मेला स्थगन भएको छ। रामनवमीको केही दिन अघिदेखि हप्ता दिन पछिसम्म मेला लाग्ने र बाक्लो चहलपहल हुने हलेसी सुनसान बनेको छ।

 ‘लकडाउन’ सुरु भएपछि नै हलेसीमा आवागमन ठप्प छ। रामनवनीको अवसरमा बिहिबार बिहान पराप्ूर्वकालदेखि चल्दै आएको महादेव र पार्वतीलाई गहना पहिराएर आरती गर्ने काम मात्र गरिएको छ।

हरेक मेलाको दिन खचाखच हुने हलेसीमा हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई, हलेसी महादेवस्थान बिकास समितिका कार्यकारी निर्देशक सम्बर भुजेल, मन्दीर व्यवस्थापन समितिका अध्यक्ष हर्कराज राई लगायत गुफामा प्रवेश गरेर गहना पहिराउने र आरती गराएका छन्। हलेसीमा मेला रोकिएको पहिलो घटना भएको मेयर राईले बताए।

‘संकटको सामना गर्दै विगतका वर्ष भन्दा सानो समूहले पराम्पराको निरन्तरताका लागि हलेसी महादेव र पार्वतीलाई गहना पहिराउने कार्य भएको छ,’ मेयर राईले भने, ‘हलेसीमा मेला रोकिएको यो सम्भवत पहिलो हो। अहिलेसम्म हलेसीको मेला रोकिएको थाहा थिएन।’

 

प्रकाशित: २० चैत्र २०७६ ०९:५१ बिहीबार

सुनसान_हलेसी कोरोना कोभिड–१९