१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

छुट्टाछुट्टै दुर्घटनामा वडा अध्यक्षसहित १० जना घाइते

धादिङ- धादिङमा आइतबार छुट्टाछुट्टै दुई दुर्घटनामा १० जना घाइते भएका छन्। गल्छीबाट धादिङबेसी आउँदै गरेको प्रदेश नं ०३–००२००१ ब०४२२ नम्बरको मोटरसाइकल जिल्लाको नीलकण्ठ नगरपालिका वडा नं ६ गैडेखोलामा दुर्घटना हुदाँ गल्छी गाउँपालिका वडा नं १ का वडा अध्यक्ष पूर्णप्रसाद खतिवडासहित दुई जना गम्भीर घाइते भएका छन्।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार गल्छी गाउँपालिका वडा नं १ का ४० वर्षीय रामहरि खतिवडा पनि घाइते छन्। गम्भीर घाइते दुवैजनालाई हेलिकप्टर मार्फत उपचारका लागि काठमाडौँ लगिएको छ। वडा अध्यक्ष आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक सरोज राइले जानकारी दिए।

त्यस्तै पृथ्वी राजमार्ग अन्र्तगत थाक्रे गाउँपालिका वडा नं ७ जुँगेखोलामा ट्रकले बोलेरो जिपलाई ठक्कर दिँदा जिपमा सवार ८ जना घाइते भएका छन्। चितवनबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख ९५०१ नम्बरको ट्रकले सोही दिशाबाट आउँदै गरेको बा ३ च ३१२८ नम्बरको जिपलाई ठक्कर दिएको थियो। घाइतेहरुलाई उपचारका लागि काठमाडौँमा रहेको राष्ट्रिय ट्रमा सेन्टर पठाइएको छ। ट्रक चालक नियन्त्रणमा लिएको र दुर्घटना पश्चात फरार रहेका जिप चालकको भने खोजी भइरहेको धादिङ प्रहरीले जनाएको छ।
दुर्घटनाका घाइतेलाई हेलिकप्टर मार्फत लगिदैँ ।

प्रकाशित: ९ चैत्र २०७६ ०९:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App