२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भाउजु हत्या गर्ने देवरहरु प्रहरीद्वारा सार्वजनिक

तेह्रथुम- आठराई गाउँपालिका–४ ईवास्थित तीन सल्लेकी बिन्दा पुरीको हत्यारालाई प्रहरीले आज सार्वजनिक गरेको छ। पुरीका हत्याराहरु २५ वर्षीय बालकृष्ण पुरी र ३२ वर्षीय सुरेन्द्र पुरीलाई जिल्ला प्रहरी कार्यलय तेह्रथुमले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो।

२८ वर्षीय बिन्दा पुरीको फागुन २९ गते डोरीले घाटीमा बाधेर धारिलो हतियारले घाँटीमा प्रहार गरी बिभत्स हत्या भएको थियो। हत्याराहरु मृतकका आफै देवरहरु हुन। पारिवारिक मन मुटाव तथा लेनदेनको किचलोको कारण भाउजुको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरिक्षक नबिन किसोर प्रधानले जानकारी दिए। उनका अनुसार भाउजुलाई मार्नका लागी डोरीले पासो लगाउने पूर्व तयारी गरेको र डोरी चुडिएपछि धारिलो हतियारले घाटी रेट्नुका साथै घोचेर हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

आफ्नै द्धय देवरहरुले झापाबाट फागुन २८ गते राति गाडी रिजर्भ गरी आठराई ईवास्थित भाउजु विन्दाको घरमा आएर हत्या गरेर बिहीबार बिहान गाडी रिजर्भ गरी देवरहरु पुनः झापानै फिर्किएको प्रतिवादीहरुले प्रहरी समक्ष स्विकार गरेको प्रहरीले जनाएको छ। उनीहरुले मृतक भाउजुलाई राति फोन गरेर सापटी पैसा ल्याईदिएको बताएका थिए। राति १२ बजेको समयमा घर आईपुगेका देवरहरुले भोक लागेको कुरा भाउजुलाई बताएपछि विन्दाले खाजा बनाउने तरखरमा भान्छाकोठामा प्रवेश गरेको बेला दाजुभाई मिलेर उनको हत्या गरेका थिए।

हत्यामा संलग्नहरुलाई प्रहरीले फागुन ३० गते बुधबारे झापाबाट पक्राउ गरी इलाका प्रहरी कार्यलय ईटहरी सुनसरी मार्फत जिल्ला प्रहरी कार्यलय ल्याइएको हो। वैदेशिक रोजगारीको शिलशिलामा दुबईमा रहेका मृतकका श्रीमान काजिमानले विन्दालाई मात्र पैसा पठाउने गरेको र आर्थिक चलखेल गर्न नपाएकाले हत्या गरेको सुरेन्द्र पुरी र बालकृष्ण पुरीले प्रहरीलाई बयान दिएको बताइएको छ। हत्यारा मध्ये बालकृष्ण तेह्रथुकमको फेदाप गाउँपालिकास्थित औसींडाडा बजारमा र सुरेन्द्र झापाको बुधबारेमा बस्दै आएका थिए।

घटनापछि अनुसन्धानको लागि प्रहरीको स्थानीय ५ जना युवाहरुलाई समेत नियन्त्रणमा लिएको थियो। अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा रहेका स्थानीय ५ जना युवाहरुलाई शुक्रबारनै तारीखमा छाडिएको छ। १० वर्ष र १५ महिनाका दुई छोराहरुसहित आफ्नै घरमा बस्दै आएकि विन्दाको भान्साकोठामा विभत्स हत्या भएको थियो। हत्याराहरुलाई कर्तब्य ज्यान शिर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालत तेह्रथुमले ८ दिन म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ।

 

प्रकाशित: ४ चैत्र २०७६ ११:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App