७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

खानेपानीमन्त्री मगर मेलम्ची आयोजना अनुगमनमा

सिन्धुपाल्चोक - खानेपानीमन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनाको स्थलगत अनुगमन गरेकी छन्। आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीसहितका अधिकारी लिएर सोमबार उनी आयोजनास्थल हेलम्बुको अम्बाथनमा आइपुगेकी हुन् । अम्बाथान आयोजनाको हेडवक्र्स (मुहान) हो । यहीँबाट बाँध बाँधेर मेलम्ची पानी साढे २६ किमी सुरुङमार्गमार्फत काठमाडौँ पु-याइने छ ।

‘मन्त्रीज्यू आयोजनाको भौतिक प्रगती हेर्न आयोजनास्थल आइपुग्नु भएको हो,’ आयोजनाका कार्यकारी निर्देशक खत्रीले भने । उनले यो नियमित अनुगमन भएको बताए । असारमा उपत्यकावासीलाई मेलम्ची पानी खुवाउने सरकारको भाखा निजिकिँदै गर्न मन्त्री मगर अनुगमनमा निस्किएकी हुन् । सरकारले चालु वर्षको बजेटमार्फत आउँदो असारभित्र उपत्यकामा मेलम्ची पानी पु¥याउने बाचा गरेको छ । दुई दशकदेखिको सपना मेलम्ची आयोजना अन्तिम चरणमा पुगेको छ । आयोजनाको भौतिक प्रगति ९० प्रतिशतभन्दा बढी रहेको दाबी अधिकारीहरुले गर्दै आएका छन् ।

मुहानस्थलमा बाँध बनाउने, सुरुङ फाइनल फिनिसिङ (ढलान) गर्ने, अडिट टनेलका मुख टाल्ने, सुरुङमा गेट हाल्ने र सुरुङको हावा बाहिर पठाउने काम मात्र बाँकी छ । ती काम भइरहेका छन् । इटालीयन ठेकेदार कम्पनी सिएमसीले ठेक्का तोडेपछि चिनियाँ कम्पनी सिनो हाइड्रोले बिगत ६ महिनादेखि आयोजनाको बाँकी काम गरिरहेको छ ।

सिनोले गएको असोजमा सुरुङको बाँकी काम गर्न ८५ करोड र एक अर्ब दुई करोड रुपैयाँमा हेडवक्र्सको ठेक्का पाएको थियो । सम्झौताको मितिले दुबै काम सक्ने समयावधि १५ महिना भए पनि आयोजनाले समय अगाबै पूरा गरे ठेकेदार कम्पनीलाई ठेक्का रकमको १० प्रतिशत रकम बोनस दिने घोषणा गरेको छ।

प्रकाशित: ३ चैत्र २०७६ १०:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App