१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

भक्तपुरमा नक्कली सेनिटाइजर !

भक्तपुर- भक्तपुरमा बजार अनुगमनका क्रममा कोरोना भाइरस (कोभिड-१९) हातबाट सर्न नदिन प्रयोग गर्ने सेनिटाइजर नक्कली भएको आंशकामा सम्बन्धित कम्पनीलाई हाजिर हुन दिर्नेशन दिएको छ। भक्तपुर नगरपालिकाले नगर क्षेत्रमा बजार अनुगमन गर्ने क्रममा नयाँं निस्केको सेनिटाइजर जेल नभएको र लगाउँंदा तुरुन्त सुक्नुपर्नेमा त्यस्तो नभएको पाइएपछि सम्बन्धित कम्पनीलाई नगरपालिकामा हाजिर हुन निर्देशन गरिएको जनाइएको छ।

भक्तपुर नगरपालिका बजार अनुगमन समितिका संयोजक राजकृष्ण गोराले अहिले बजारमा नयाँं निस्केको ह्यान्ड सेनिटाइजर जेल नभएको र स्पिरिट मिलाएर मात्र बनाएको नक्कली भनी गुनासो आएकोले भक्तपुर नगरपालिका वडा नं १ दूधपाटीस्थित एउटा पसलबाट नमुना परीक्षणको लागि ५० मिलिलिटरको एउटा स्याम्पल लिएर सम्बन्धी कम्पनीलाई नगरपालिकामा हाजिर हुन निर्देशन दिएको जनाए।

कोरोना भाइरस (कोभिड-१९) को असरले बजारमा देखिएको माक्स अभाव र औषाधिको अभाव देखाई कालोबजारी गर्ने र चर्को मूल्यमा बेच्ने कार्य भएको समाचारलाई मध्यनजर गरी नगरपालिकाले दैनिक अनुगमन गरिरहेको जानकारी उनले दिए। यस क्रममा भक्तपुर नगरपालिका वडा नं १ स्थित दुधपाटीमा औषाधि पसलहरु अनुगमन गरिएको थियो।

त्यस्तै सिद्धपोखरी क्लिनिकमा औषाधि अभाव हुन नदिन आवश्यकता भन्दा बढी बिक्री वितरण नगर्ने, औषाधि बिक्री गर्दा विल दिने व्यवस्था गर्नुपर्ने, पसलमा बस्ने औषाधि व्यवस्था विभागको अनुमति प्रमाणपत्र भएको हुनुपर्ने, म्याद नाघेको औषाधिको जनाउ दिने कम्युटर प्राणलीको व्यवस्था गर्नुपर्ने सुझाव दियो। त्यस्तै बराही फर्मेसी भक्तपुर नगरपालिकामा उत्तम मेडिकल हलको नाममा दर्ता भएकोले दर्ता प्रमाणपत्रमा नाम सच्याउन, औषाधि अभाव हुन नदिन आवश्यकता भन्दा बढी बिक्री वितरण नगर्ने, म्याद नाघेको औषाधिको जनाउ दिने कम्युटर प्राणलीको व्यवस्था गर्नुपर्ने सुझाव दियोे।

त्यस्तै डोेलेश्वर फर्मेसी, अल्फा मेडिकल हल र दीप फर्मा प्रा.लि.मा औषाधि अभाव हुन नदिन आवश्यकता भन्दा बढी विक्रीवितरण नगर्ने, औषाधि विक्री गर्दा विल दिने व्यवस्था गर्नुपर्ने, पसलमा बस्ने औषाधि व्यवस्था विभागको अनुमति प्रमाणपत्र भएको हुनुपर्ने, म्याद नाघेको औषाधिको जनाउ दिने कम्युटर प्राणलीको व्यवस्था गर्नुपर्ने सुझाव दियो।

अनुगमन टोलीमा भनपा श्यानिटेश शाखाका नगर निरीक्षक दिलिपकुमार सुवाल, वडा निरीक्षक रामकृष्ण प्रजापति, कर शाखाका मोहनदेबी व्याञ्जू, महानगरीय प्रहरी परिसरका प्रहरी हवल्दार सिताराम नेपाल र अंगराज परियार, उद्योग वाणिज्य संघ भक्तपुरका सञ्जय जोन्छे, जिल्ला स्थास्थ्य कार्यालय भक्तपुरका योगिता खनाल र राष्ट्रिय उपभोक्ता मञ्चको सहभागी थिए।

 

 

 

प्रकाशित: १ चैत्र २०७६ ०७:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App