१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
समाज

बालिका बलात्कार गर्ने युवकलाई १२ वर्ष कैद र जरिवाना

कपिलवस्तु- कक्षा ७ मा पढ्ने १४ वर्षिया बालिकालाई जवरजस्ती करणी मुद्दामा बुद्धभूमि नगरपालिका–९ ईमिलियाका १८ वर्षिय योगेश श्रेष्ठलाई १२ वर्ष कैद र एक लाख क्षतिपूर्तिको फैसला भएको छ। सो मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका उनलाई उक्त सजाय तोकेको हो।

जिल्ला न्यायाधीश लोकजंग शाहको इजलासले सो फैसला गरेको हो। अदालतका श्रेस्तेदार चिन्तामणि शर्माका अनुसार ती बालिकालाई बलात्कार गर्ने अन्य चार जना बालकलाई भने ८ वर्ष बालसुधार गृहमा राख्ने फैसला भएको छ। बालबालिका सम्बन्धी ऐनको दफा ३६(४) अनुसार आरोपी बालक भए कैदको दुई तिहाई मात्र सजाय भोग्नु पर्ने प्रावधान छ।

२०७५ माघ र फागुनमा छुट्टाछुट्टै सयममा ती बालिकालाई ६ जनाले ललाई फकाई जवरजस्ती करणी गरेका थिए। बालिकाले डर त्रासका कारण त्यसबारे घरमा कसैलाई जानकारी दिएकी थिइनन्। घटनापछि बालिकाले ३ महिना ४ दिनको गर्भ बोकेको कुरा स्वास्थ्य जाँचको क्रममा भेटिएको थियो। पीडितकी आमाले २०७६ बैशाख ११ गते आफ्नी छोरीलाई ६ जनाले बलात्कार गरेको किटानी जाहेरी दिएकी थिइन्। सोही आधारमा घटनाका मुख्य आरोपी योगेश श्रेष्ठ पक्राउ परेका थिए।

ती बालिकालाई बुद्धभूमि नगरपालिका–२ गोरुसिंगेस्थित रोयल खुस्बु होटलमा लगी बलात्कार गरिएको थियो। होटलका मालिक बुद्धभूमि नगरपालिका–९ ईमिलियाका युवराज भुसाल जैसीले पनि बालिकालार्ई बलात्कार गरेका थिए। किटानी जाहेरी परेदेखि उनी फरार रहेको प्रहरीले जनाएको छ। उनको मुद्दा मुल्तबी राखिएको श्रैस्तेदार शर्माले बताए। ती बालिका सकुशल रहेको प्रहरीले जनाएको छ।

१८ वर्ष मुनिका बालबालिकाको सहमति र असहमति दुबै अवस्थामा बलात्कार हुने मुलुकी संहितामा उल्लेख गरिएको छ।

प्रकाशित: २८ फाल्गुन २०७६ १३:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App