४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

मेघ गर्जन, चट्याङ र हावाहुरीसहित बर्षाको सम्भावना

काठामडौं- पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही देशको धेरै जसो स्थानमा मेघ गर्जन चट्याङ र हावाहुरीसहित बर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

स्थानीय वायुको प्रभावसँगै पश्चिमी वायु र जलवायुक्त हावाको प्रभाव रहेकाले देशैभर मेघ गर्जन चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताइन्। 'मध्यन्नबाट देशैभरि बदली भई हावाहुरी, मेघ गर्जन, चट्याङ र असिनासहित वर्षा हुनेछ', उनले भनिन्। लगातर ठूलो बर्षा नभई क्षणिक बर्षा हुने बताइएको छ । बर्षा छोटो समय हुनेछ उपत्यकाका पनि दिउँसो बदली भई बर्षा हुने औँल्याएको छ ।
 
उक्त प्रणालीको प्रभाव पश्चिमी भेगमा बढी पर्ने जनाएको छ । हाल देशको मध्य तथा पूर्वी भूभागलगायत पश्चिमी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ ।

शनिबार देशभर सामान्य बदली रही देशको धेरैजसो स्थानमा हावाहुरी मेघ गर्जन चट्याङ र असिनासहित बर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार देशको पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागको एक–दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको बताइएको छ ।

त्यस्तै मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाको लागि चेतावनी तथा परामर्श जारी गर्दै देशका केही स्थानमा मेघ गर्जन चट्याङ हावाहुरी र असिनासहित बर्षाको सम्भावना रहेको र यसका साथै उच्च पहाडी र तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९ दशमलव ५ डिग्री र अधिकतम ताफक्रम २२ दशमलव ८ डिग्री सेल्सियस रहेको छ । यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम २ दशमलव ५ डिग्री सेल्सियस रहेको छ ।

प्रकाशित: २३ फाल्गुन २०७६ ०८:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App