१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

मुगुमा ६ जना थुनुवाको स्वास्थ्य परिक्षण

जिल्ला प्रहरी कार्यलयमा रहेका थुनुवाको स्वास्थ्य परिक्षण गर्दै । तस्बिर : सुमन मल्ल

मुगु- जिल्ला प्रहरी कार्यालय मुगुमा पहिलो पटक ६ जना थुनुवाको स्वास्थ्य परिक्षण गरिएको छ। लागुऔषध ब्राउन सुगर, चरेशसहित पक्राउ परेका ५ जना पुरुष र १ जना महिला थुनुवाको मंगलबार स्वास्थ्य परिक्षण गरिएको हो।

'प्रत्येक नागरिकहरुले स्वास्थ्य सेवा पाउनु उसको नैसर्गिक अधिकार हो,' त्यसैले नागरिकहरुको स्वास्थ्य अवस्था बारे जानकारीका लागि थुनुवाहरुको स्वास्थ्य परिक्षण गरिएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।

स्वास्थ्य परिक्षणमा खटिएका जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुका डाक्टर अमिरराज गिरीका अनुसार स्वास्थ्य परिक्षण गर्दा एक जना थुनुवामा उच्च रक्तचाप भेटियो भने अन्य थुनुवाहरु सामान्य रहेको छ। उनले भने जिल्ला प्रहरी कार्यालय मुगुमा रहेका थुनुवाहरुको क्रमशः चेकजाँच रुटिन अनुसार हुने र थप सम्बन्धित कार्यालयबाट ल्याव टेस्ट गरि परिक्षण गरिने गिरीले जानकारी दिएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक भुवनेश्वरप्रसाद शाहका अनुसार यस्ता घटनालाई जीवनशैलीमा परिवर्तन ल्याउन भित्रै आत्मादेखि नै पारिवारीक, सामाजिक र सांस्कृतिकमा शिक्षा प्रदान गरि अन्य व्यक्तिहरुलाई पनि यस्तो नहोस भनि जनचेतना फैलाउन आवश्यक रहेको र लागुऔषध दुब्र्यशनिमा फसेका व्यक्तिहरुलाई भित्रैबाट परिवर्तन ल्याउन पर्ने र अन्य व्यक्तिहरुलाई सचेत रहनको लागी जिल्ला प्रहरी कार्यालयमा रहेको थुनुवालाई स्वास्थ्य परिक्षणका साथै लागुऔषध सेवनबाट हुने असर र बच्ने उपायाका बारेमा जनाकारी दिइएको छ।

मुगुलाई लागुऔषध मुक्त जिल्ला बनाउने लक्ष्यका साथ प्रहरी लागेको छ। त्यसैले प्रहरी साझेदारी कार्यक्रम अन्तरगत बिभिन्न कार्यक्रम गर्दै आएको  प्रनाउ शाहले बताए।

लागुऔषध सेवन र यसबाट हुने असर र स्वास्थ्य परिक्षण पाएपछि लागुऔषध बारे थुनामा परेका थुनुवा निकै खुसी भएको प्रहरी कार्यालयले जनाएको छ। त्यस्तै, बिगतका वर्षहरुमा लागुऔषधको नकारात्मक असर बारे जानकारी नहुँदा प्रयोग गर्ने गरिएको भए पनि आगमी दिनमा त्यस्तो नगर्ने र सुध्रिर्ने मौंका पाइएको थुनुवाहरुले बताएका छन्।

 

प्रकाशित: १३ फाल्गुन २०७६ ०९:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App