४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

गौमुलमा ट्याक्टर दुर्घटना, नौ जना घाइते

बाजुरा- गौमुल गाउँपालिकामा भएको ट्याक्टर दुर्घटनामा परी नौ जना घाइते भएका छन्। गाउँपालिकाको ६ नम्बर वडा क्षेत्र पर्ने निलासैनबाट घटमुना तर्फ आउँदै गरेको सु.प.प्र.०१००२ त ४९९ नम्बर प्यलेटको ट्याक्टर मंगलबार बिहान सिमधारमा दुर्घटना भएको हो।

दुर्घटनामा ट्याक्टर चालकसहित नौ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार घाइते हुनेमा गौमुल गाउँपालिका ६ का २१ वर्षिया ट्याक्टर चालक प्रकाश रोकाया, गौमुल ४ कौणाकोट बस्ने ट्याक्टर मालिक ४८ वर्षका तुला बुढा, उनकै छोरा १९ वर्षका भुवन बुढा, ४ नम्बरकै १८ वर्षका अनुप रोकाया, १५ वर्षकी स्मृती सार्की, १५ वर्षीया सुर्मा सार्की, १६ वर्षकी सरिता सार्की, १७ वर्षकी र ५ नम्बरका २८ वर्षका दिपक रोकाया रहेका छन्।

घाइतेमध्ये आठ जनाको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रवक्ता एवं प्रहरी निरीक्षक दानबहादुर रोकायाले बताएका छन्। घाइतेमध्ये मालिक तुला बुढालाई बढी चोट लागेको बुझीएको छ। भने ट्याक्टर चालक प्रकाश रोकाया प्रहरी नियन्त्रणमा छन्।

कच्ची सडकमा तीव्र गतिमा रहेको ट्याक्टर सडकबाट १ सय मिटर तल खसेको थियो। कक्षा आठको परीक्षा फारम अन्र्तगत आवश्यक फोटो खिच्नका लागि विद्यार्थी पनि सोही ट्याक्टरमा चढेका थिए।

 

प्रकाशित: १३ फाल्गुन २०७६ ०९:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App