६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

चोरी गर्ने पक्राउ

काठमाडौं – ललितपुरको जावलाखेलमा रहेको एक जुस पसलबाट तीन दिनअघि ३० लाख रुपैयाँसहित जिन्सी सामग्री चोरेर भाग्ने एक व्यक्तिलाई प्रहरीले आइतबार पक्राउ गरेको छ। जावलाखेलेको पशुपति भिभान्ता नामक जुस पसलबाट चोरी गरेर भागेका खगेन्द्रकुमार थापालाई महानगरीय प्रहरी परिसर जावलाखेलको टोलीले कलंकीबाट पक्राउ गरेको बताइएको छ। पक्राउ परेका थापाको साथबाट २० लाख रुपैयाँ र अन्य जिन्सी सामग्री बरामद गरिएको जनाएको परिसर प्रवक्ता दुर्गा सिंहले जानकारी दिइन्। उनकाअनुसार थापाले सोही जुस पसलको स्टोरमा काम गर्थे।

प्रकाशित: १२ फाल्गुन २०७६ ०२:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App