५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

जुम्लामा हिमपात

सिञ्जा- जुम्लामा फेरि आज बिहानदेखि हिमपात भएको छ। यसपटक पनि अघिल्लो हिउँ नपग्लिइ पुनः हिमपात भएको हो। लगातारको हिमपातले जनजीवन प्रभावित हुँदै गएको छ।

बिहानैदेखि परेको हिउँले फेरि डाडाँकाँडा सबै सेताम्मे बनाएको छ। चिसोले सरकारी कामकाज तथा यातायातसमेत प्रभावित भएको छ। हवाई यातायात भने अनियमित मौसमका कारण बन्द रहेको छ।

लगातार पानी र हिउँबाट बच्न तथा न्यानो गर्न स्थानीय प्रशासनले पटक–पटक सूचनासमेत जारी गर्दै आएको छ। चिसोले अस्पतालमा बिरामीसमेत बढ्ने गरेका छन्। अस्पतालमा रुघाखोकीका बिरामी बढेका पाडब गुफा हेल्थ स्वास्थ चौकीका अहेब नेत्रबहादुर खत्रीले जानकारी दिए।

प्रकाशित: ९ फाल्गुन २०७६ ०९:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App