१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

उदयपुरमा अन्तर्राष्ट्रिय मापदण्डको अत्याधुनिक बसपार्क

त्रियुगा बसपार्कमा निर्माणाधीन टर्मिनल भवन । तस्बिरः महेश्वर

उदयपुर- उदयपुर सदरमुकाम गाईघाटमा निर्माणाधीन प्रदेशस्तरीय नमूना बसपार्कको टर्मिनल भवन निर्माण कार्य युद्धस्तरमा भईरहेको छ। त्रियुगा नगरपालिका ३ र १२ को सीमास्थल त्रियुगा नदी किनारस्थित साविक बसपार्कलाई नै स्तरोन्नति गर्दै सुविधासम्पन्न अन्तराष्ट्रिय मापदण्डको अत्याधुनिक बसपार्क बनाउन टर्मिनल भवन निर्माण थाािलएको हो।

भवन निर्माणको काम चालु आर्थिक वर्षभित्रै सक्नेगरी भईरहेको निर्माण र रेखदेख गर्ने जिम्मेवार निकाय सघन सहरी विकास तथा भवन निर्माण कार्यालय सप्तरीले जनाएको छ। कार्यालय प्रमुख (डिई) रमेश थिङका अनुसार बसपार्कको मध्य भागमा निमाण सरु भएको अढाई तल्ले आधुनिक भवन गएको तिहारपछि सुरु भएको हो। तर, ३ महिनाकै अवधिमा ३० कोठे भवनको डिपिसी (फाउण्डेसन) सकेर पहिलो तल्लाको ढलान गर्न तयारी भईरहेको छ।

निर्माणको जिम्मा पाएको रमण÷आईएसएमडी जेवीले सम्झौता म्यादभन्दा आधा अवधि अगावै भवन सकेर हस्तान्तरण गर्नेगरी तीव्र गतिमा काम गरिरहेको जनाएको छ। जेवीका परियोजना प्रबन्धक (पिएम) प्रमोद यादवले काम थालेको १ वर्षभित्रै भवन सकेर जिम्मा दिने लक्ष्यका साथ दु्रतगतिमा काम भईरहेको बताए। उनका अनुसार बसपार्क निर्माणको काम अढाईवर्षभित्र सक्ने सम्झौता गत असार ३१ गते भएको छ। ‘अढाई वर्षभित्र अर्थात आउँदो ०७८ पुुसभित्र काम सकेर हस्तान्तरण गनुपर्ने सम्झौता भएको छ’ प्रबन्धक यादवले भने ‘तर, हामी म्यादभन्दा ५/६ महिनाअघि नै सक्नेगरी काम गरिरहेका छौं।’

टर्र्मिनल भवन सक्न वर्षदिन पनि नलाग्ने गरी काम भईरहेको यादवले बताए। ३४ प्रतिशत कम मूल्यमा ठेक्का लिएका कारण पनि काम छिटो सक्नुपर्ने चटारो रहेको यादवको भनाई छ। १९ करोड २५ लाख रुपैयाँ लागतको बसपार्क बनाउन जेवीले ३४ प्रतिशत कममा मूल्य अभिबृद्ध कर (भ्याट) बाहेक १२ करोड ४९ लाख रुपैयाँमा बनाउने सम्झौता गरेकाले काम ढिला भए कम्पनी घाटामा जाने भएकाले छिटोछिटो गर्नुपरेको प्रबन्धक यादवले बताए। छिटो काम गर्दा एकातिर नाफा बस्ने र अर्कातिर कम्पनीको गुडविल (इज्जत) बढ्ने भएकाले निर्माण कार्यलाई तीव्र्रता दिइएको कम्पनीले जनाएको छ।

डिई थिङले सघन सहरी विकासका योजनाहरुमा अहिलेसम्मकै तीव्र गतिमा काम भईरहेको परियोजना भएको बताए। शिलान्यास भएको ३ महिनामै झण्डै १५ प्रतिशत काम सकिसकेको बताउँदै उनले सबै योजनाहरुको काम यसरी नै भए ठेकेदार र सरकार दुवैलाई फाईदा हुने बताए। सघनमार्फत सञ्चालित योजनाका कामहरु यसअघि यति छिटो भएको नदेखेको पनि थिङले बताए। ३० कोठे टर्मिनल भवनमा बसपार्कको प्रशासनिक कक्ष, टिकट काउन्टर, नियन्त्रण कक्ष, क्लोज सर्किट (सिसी) क्यामरेरा जडान र सुरक्षा पोष्ट राखिनेछ। भवनसँगै १४ मिटर अग्लो घण्टाघर पनि निर्माण गरिने इस्टीमेट छ।

सघनले प्रदेशकै नमूना र अत्याधुनिक, सुविधासम्पन्न, यातायात/व्यवसायीमैत्री तथा यात्रुमैत्री बसपार्क बनाउने प्राविधिक इस्टीमेट अनुसार निर्माणाधीन रहेको जनाएको छ। झण्डै ५ बिगाहा क्षेत्रफल जमिनमा निर्माणाधीन बसपार्कमा गाईघाट–कदमाहा सडक आउजाउ गर्ने सवारी साधन पूर्वी नाकाको उत्तर–दक्षिण द्वारबाट प्रवेश र वहिरगमन हुनेछन्। कालोपत्रेसहितको ‘फलामे सेड’का ‘पार्किङ लट’का दायाँ–बायाँ फुलबारीयुक्त हुने इस्टीमेटमा उल्लेख छ।

बसपार्कमा गाडी पर्खन व्यवस्थित र फुलबारीयुक्त यात्रु प्रतिक्षालय (वेटिङ सेड) बन्नेछ भने बिग्रेका गाडीहरु तत्काल मर्मत गर्न आधुनिक उपकरणयुक्त ग्यारेज (सर्भिस सेन्टर) पनि बसपार्कभित्रै निर्माण गरिनेछ। यात्रुको सुविधालाई लक्षित गरी खाजा घर (क्यान्टिन) र उपभोग्य सामान बेच्न ‘सपिङ कवल’हरु पनि बसपार्कमा निर्माण गर्ने इस्टटीमेट रहेको डिई थिङले सुनाए। बसपार्कमा महिला–पुरुष तथा अपाङ्गता भएकाहरुका लागि छुट्टाछुट्टै सार्वजनिक शौचालय पनि बनाइनेछ। त्रियुगा नदी उकासको जमिनमा निर्माणाधीन बसपार्कको दक्षिणतर्फ तटबन्ध बाँध्ने तथा आकर्षक फुलबारी बनाइनेछ।

 

प्रकाशित: ८ फाल्गुन २०७६ १३:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App