काठमाडौं – वेलायतका विभिन्न विश्वविद्यालयमा उच्च शिक्षा पढ्न चाहने विद्यार्थीलाई केन्द्रित गरी एसआई युके नेपालले अन्तर्राष्ट्रिय शैक्षिक मेला आयोजना गर्ने भएको छ। एसआइ युके नेपालले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर अन्तर्राष्ट्रिय स्तरको मेला आगामी फागनु १० गते आयोजना गर्ने जानकारी दिएको हो।
मेलामा युकेका २० वटाभन्दा बढी विश्व विद्यालयको प्रत्यक्ष सहभागिता रहने आयोजक एसआई यूके नेपालका निर्देशक विनय अधिकारीले बताए। उनकाअनुसार मेलामा नेपालको शैक्षिक क्षेत्रका उच्चपदस्थका विज्ञहरूकोसमेत सहभागिता रहनेछ। मेलाबाट करिब एक हजारभन्दा बढी विद्यार्थीलाई फाइदा हुने आयोजकको अपेक्षा रहेको छ।
विभिन्न देशमा फैलिएको एसआई युकेले विश्वभर ५० वटा अफिसमार्फत सेवा प्रवाह गर्दै आएको छ। एसआई युकेले बेलायतमा एक सय २० वटाभन्दा बढी विश्व विद्यालयमार्फत सहकार्य गर्दै आएको छ। मेलामार्फत विद्यार्थीले वेलायतका विभिन्न विश्वविद्यालयबारे जानकारी पाउने आयोजकको भनाइ छ। कार्यक्रममा एसआई युकेका ग्लोबलका निर्देशक प्रदिप अधिकारी, नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्टलगायतको सहभागिता थियो।
प्रकाशित: ८ फाल्गुन २०७६ ०४:१२ बिहीबार