२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

शाक्यको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त

काठमाडौं – नेपाली कांग्रेसका नेता एवं स्वतन्त्रता सेनानी बेखारत्न शाक्यको निधनप्रति कांग्रेसले दुःख व्यक्त गरेको छ। पार्टी सभापति शेरबहादुर देउवाले आइतबार शोक विज्ञप्ति जारी गर्दै ललितपुर उपमहानगरपालिकाका पूर्वप्रमुखसमेत रहेका ८९ वर्षीय शाक्यको निधनमा दुःख व्यक्त गरेका हुन्।

‘काँग्रेसका नेता, प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा शाक्यको निधनको खबरले मलाई अत्यन्तै दुःख लागेको छ, कठिन परिस्थिति, प्रजातन्त्र पुनस्र्थापनाको आन्दोलन र नेपाली कांग्रेसको संगठन निर्माणमा उहाँले पु¥याउनु भएको योगदानको म उच्च सम्मान गर्दछु,’ सभापति देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ। प्रजातन्त्र सेनानी संघ ललितपुरका पूर्वअध्यक्षसमेत रहेका स्व. शाक्यले नेपालको प्रजातान्त्रिक आन्दोलन तथा पार्टीको संगठन विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रकाशित: ५ फाल्गुन २०७६ ०३:२९ सोमबार

बेखारत्न_शाक्य निधन नेपाली_कांग्रेस दुःख_व्यक्त