६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

९३ तोला सुन चोर्ने तीन भारतीय पक्राउ

 ललितपुर - पुल्चोकस्थित एक सुन पसलको सटर फोडेर एक करोड बराबरको सुन चोरी गर्ने तीन भारतीय नागरिक पक्राउ परेका छन्। महानगरीय प्रहरी प्रभाग पुल्चोक र अपराध महाशाखा ललितपुरको टोलीले उनीहरूलाई काठमाडौंको सतुंगल र थानकोटबाट पक्राउ गरेको हो। सीसी टिभी फुटेको आधारमा सुरज पोदार, रंजन पोदार र रबिन पोदार पक्राउ परेका हुन्।

उनीहरुले ललितपुर महानगरपालिका– २० श्रीबहाल स्थित राजेन्द्र शाक्यको शाक्य ज्यासल (सुनचाँदी) माघ २१ गते फोडर सुन चोरी गरेका थिए। प्रहरीका अनुसार तीन जनाको समूहले बिहान ३ बजे  ९३.३० तोला सुन चोरी गरेर भागेका थिए। पसलबाट २ सय ६५ तोला चाँदीका गरगहना पनि चोरी भएका थिए। महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी सन्तोष तामाङले घटनास्थलमा प्राप्त सिसिटिभी फुटेजका आधारमा उनीहरुलाई पक्रउ गरेको बताए।

प्रकाशित: २९ माघ २०७६ १२:०० बुधबार

चोरी सुन_चाँदी पक्राउ