४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

ट्याक्टर दुर्घटनामा ४ को मृत्यु, ११ घाइते

बुटवल- पूर्वी नवलपरासीमा गएराति भएको ट्याक्टर दुर्घटना मृत्यु हुनेको संख्या ४ पुगेको छ। दुर्घटनामा ११ जना घाइते भएका छन्। पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका-२ थरथरेमा गएराती लु ४ त २५५६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा २ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डिएसपि मोहनबहादुर खाँणका अनुसार मृत्यु हुनेमा बुलिङटार ३ बतासाका नरबहादुर सुस्लिङ मगर, यानसिंह सारु, लिलबहादुर सारु र पुर्णबहादुर थापा छन्। चारै जना बुलिङटार बतासाका रहेको डिएसपि खाँणले बताए। घाइते ११ जनाको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ।

१७ जना चढेको ट्याक्टर कच्ची सडकबाट करिब २ सय मिटर तल खसेको थियो। मंगलबार बुलिङटारकै छरछरेमा लागेको मेला हेरेर ट्याक्टरमा फकर्दै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनास्थल रजहरबाट करिब १४ किलोमिटर उत्तर तर्फ पहाडी क्षेत्रमा पर्छ। कच्ची र साँगुरो सडकबाट ट्याक्टर करिब दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

 

प्रकाशित: २९ माघ २०७६ ०७:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App