६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

चोरी आरोपमा आठ पक्राउ

भक्तपुर – आफैँले काम गर्ने प्रालिबाट विभिन्न सामान चोरी गरेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ। भक्तपुरको मिलिनिया ग्लोबल प्रालिको यहाँ रहेको गोदामबाट विभिन्न सामान चोरी गरेको सोही प्रालिका कर्मचारीलाई महानगरीय प्रहरी वृत्त थिमिले पक्राउ गरेको जनाएको छ।

प्रालिबाट प्राप्त भएको उजुरीका आधारमा अनुसन्धान कामदार नै संलग्न रहेकोभन्दै प्रहरीले कामदारलाई पक्राउ गरेको बताएको छ।पक्राउ पर्नेहरूमा रामेछाप लिखु तामाकोशी गाउँपालिका–४ का २० वर्षीय सुरज वस्नेत, सोही ठाउँका २० वर्षीय कैलाश कार्की, सोही नगरपालिका– २ का २२ वर्षीय प्रमोद अधिकारी दोलखा बिगु गाउँपालिका–४ का १९ वर्षीय सागर विश्वकर्मा (लामिछाने) रहेको प्रहरीले जानकारी दिएको छ।

यस्तै ओखलढुंगा लिखु गाउँपालिका– ९ का २२ वर्षीय शंकर खत्री भक्तपुर सूर्यविनायक नगरपालिका– ७ का ६३ वर्षीय शम्भु खड्का, सोही नगरपालिका– ४ का ५४ वर्षीय शम्भु केसीलाई पनि सामान चोरी गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेकाहरूको साथबाट विभिन्न सामानसमेत फेला परेको बताइएको छ। सामान चोरीमा यहाँ कार्यरत कामदार, सुरक्षा गार्ड र बाहिरका अन्य व्यक्तिकोसमेत संलग्नता रहेको प्रहरीको दावी छ।

प्रकाशित: २३ माघ २०७६ ०३:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App