६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

विद्युत चोरीको आरोपमा २४ जना पक्राउ

file photo

राजविराज- सप्तरीमा विद्युत चोरी गरेको आरोपमा २४ जनालाई पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालय र नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रको संयुक्त टोलीले विद्युत चोरी गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

टोलीले जिल्लाको बोदेबरसाइन क्षेत्रबाट १६ र राजगढ गाउँपालिकाबाट आठ गरी २४ जनालाई विद्युत चोरी आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। पक्राउ परेका २४ जनालाई विद्युत चुहावट नियन्त्रण विनियमावली, २०५९ अनुसार हानी नोक्सानी एवं क्षतिपूर्ति दाखिला गराई छाडिएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र राजविराजले जनाएको छ।

प्रकाशित: २२ माघ २०७६ ०७:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App