१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

निःशुल्क परामर्शको व्यवस्था

काठमाडौं – कोरोना भाइरसको शंका लागेका व्यक्तिलाई सरकारले निःशुल्क परामर्श तथा सूचना उपलब्ध गराउने भएको छ। त्यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई वटा फोननम्बरको व्यवस्था गरेको छ। यसको लागि मन्त्रालयले ९८–५१२–५५८३९ र ९८५१२–८३७ नम्बर उपलब्ध गराएको हो।

यो नम्बरमा बिहाना ८ देखि बेलुकी ८ बजेसम्म दैनिक १२ घण्टा सुचारु हुने बताइएको छ। लक्षणका साथै अन्य शंका लागेर बिरामी भएको फेला परेमा उक्त नम्बरमा फोन गरेर सूचना उपलब्ध गराउन आग्रह गरिएको छ। उक्त नम्बरबाट कोरोना भाइसरका बारेमा कुनै पनि सूचना आवश्यक परेमा उपलब्ध गराउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए। ‘आफूलाई कोरोना शंका लागेका फोनबाटै परामर्श लिन सक्ने व्यवस्था गरेका छौं,’ प्रवक्ता श्रेष्ठले भने।

प्रकाशित: २२ माघ २०७६ ०२:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App