१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

कार भाडामा लिएर गरगहना चोरी

काठमाडौं – उपत्यकाका विभिन्न स्थानमा कार भाडामा लिएर धनमाल तथा बहुमूल्य सामान चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेर आइतबार सार्वजनिक गरेको गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले दोलखा शैलुङका रबी कार्की, काठमाडौंका राजन खनाल, खोटाङ दिक्तेलका मौलकुमार विक र काभ्रे खरेलथोकका उपेन्द्र खरेललाई गत १५ गते पक्राउ गरेको थियो। उनीहरूले कारको प्रयोग गरी विभिन्न स्थानमा रहेका पसलबाट चोरी गरेको प्रहरीले दावी गरेको छ।

चोरी गरेको सामान उनीहरूले एक ठाउँबाट अर्काे ठाउँमा पठाउँदै आएको प्रहरीले बताएको छ। काठमाडौंको भत्केकोपुलस्थित कोठा भाडामा बस्दै आएका विष्णुबहादुर कार्कीको कोठाबाट पुस २८ गते दुई लाख रुपैयाँ र २० तोला सुनका गरगहना चोरी गरेका थिए। पीडितले प्रहरीलाई उजुरी दिएपछि सीसी क्यामेरोको आधारमा कारसहित गिरोहलाई पक्राउ गरेको महानगरीय प्रहरी महाशाखाका प्रवक्ता मुकेश सिंहले जानकारी दिए।

उनकाअनुसार कार भाडामा लिएर उपत्यकाका विभिन्न स्थानमा चोरी गर्दै आएको अनुसन्धानबाट खुलेको उनले बताए। ‘लामो समयसम्म उनीहरूले यसरी नै चोरीगर्दै आइरहेका रहेछन्, यसको बाँकी अनुन्धान भइरहेको छ,’ प्रवक्ता सिंहले भने। गिरोहले चोरीका गहना किनबेच गर्ने व्यवसायीसँग पनि मिलोमत्तो रहेको देखिएको छ।

गोकर्णेश्वर–५ स्थित निश्चल सुनचाँदी पसलका सञ्चालक मौलबहादुर विकलाई पनि संलग्नता रहेकोभन्दै प्रहरीले पक्राउ गरेको छ। उनीहरूमाथि चोरी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी कारबाही अघि बढेको छ।

प्रकाशित: २० माघ २०७६ ०२:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App