११ मंसिर २०८१ मंगलबार
image/svg+xml
समाज

अज्ञात समूहकाे कुटपिटबाट नेकपा गाउँकमिटी अध्यक्ष घाइते

कुटपिटबाट घाइते अध्यक्षलाई उपचारका लागी कैलाली लगिदै ।

डडेल्धुरा- अज्ञात समूहले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का गाउँपालिका कमिटी अध्यक्षलाई कुटपिट गरी घाइते बनाई छाडेका छन्। भित्रिमधेश आलिताल गाउँपालिका कमिटी अध्यक्ष ज्ञानेन्द्र जोशीलाई अज्ञात समूहले अपहरण गरी निर्घात कुटपिट गरेको हो।

कुटपिटबाट उनको खुट्टामा गहिरो चोट लागेको छ। उनको उपचारका लागी कैलाली पठाइएको छ। शुक्रबार मध्यान्ह १२ बजेपछि उनलाई अज्ञात समूहले अपहरण गरी कुटपिट गरेको प्रहरीले जनायो। आलिताल गाउँपालिका–३ को वडा बैठकमा सहभागी हुन बैठक स्थल तर्फ जाने क्रममा उनलाई अपहरण गरी कुटपिट गरेको प्रहरीले जनाएको छ।

आलिताल ताल भन्दा करिब पाँच सय मिटरमाथि चौर वण्डले भन्ने स्थानमा मुकुण्डो धारी समूहले जोशीलाई  नियन्त्रणमा लिई कुटपिट गरी गम्भीर घाइते बनाएको प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक दधिराम न्यापानेले बताए।
कुटपिटबाट उनको खुट्टा भाँचिएको छ भने टाउको र हातमा गम्भीर चोट लागेको छ। जोशी से ६ प ७९२६ नम्बरको मोटरसाइकलमा जादै गर्दा नियन्त्रणमा लिई कुटपिट गरिएको हो। उनको मोटरसाईलमा पनि तोडफोड गरिएको प्रहरीले जनाएको छ।

जोशीसँगै मोटरसाइकमा सवार नेकपा आलिताल गाउँपालिका कमिटी सदस्य चित्रा बोहरा भागेर अपहरण र कुटपिटबाट जोगिएकी छन्। प्रहरीले मुकुण्डो धारी समूहको खोजीकार्य तीव्र पारेको छ। भित्रीमधेस क्षेत्र सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको प्रभाव क्षेत्रका रूपमा पनि लिइन्छ।

घटना बारे थप रहस्य खुल्न सकेको छैन। घटना बारे अनुसन्धान जारी रहेको प्रहरी नायव उपरिक्षक न्यौपानेले बताए।
 

प्रकाशित: १७ माघ २०७६ ११:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App