२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

बाजुरामा चार रेक्टरको भूकम्प

मार्तडी- बाजुरामा आज बिहान भूकम्प गएको छ। बिहान ७ बजेर ५९ मिनेटमा चार दशमलव दुई रेक्टरको भूकम्प गएको मापक केन्द्र काठमाडौंले जनाएको छ।

भूकम्प जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका साबिकको रुगिन गाविसको उत्तरी भाग र विच्छ्या गाविसको दक्षिणीमा रहेको दोबाटोमा केन्द्र विन्दु बनाएर उक्त रेक्टरको भूकम्प गएको भूकम्पविद् मुकुन्द भट्टराईले जानकारी दिएका छन्। उनले दिएको जानकारीअनुसार सो क्षेत्रमा कुनै पनि बस्ती नभएको र बीच बाटो भएकाले केही क्षति नपुर्‍याएको बताए। एकाबिहानै भूकम्प आएपछि जिल्लाका स्थानीयवासी त्रसित बनेका हुन्।

जिल्लामा पटक/पटक भूकम्प जान थालेपछि भूकम्प प्रतिरोधात्मक घर नभएपछि यहाँका स्थानीयवासी त्रसित बन्दै गएको बताइएको छ। पुराना ढुङ्गा र काठबाट बनाइएका घरसँगै सिमेन्ट र इँटाबाट बनाएका घर भूकम्परहित नभएपछि जिल्ला सबैभन्दा बढी भूकम्पको जोखिममा रहेको बताइएको छ। रासस

प्रकाशित: १४ माघ २०७६ ०८:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App