६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

गोरखाको तातोपानीमा मितिनी मेला

गोरखा- मितिनी वा मित भन्ने कुरा मन, उमेर वा उस्तै देखिने व्यक्तिहरुबीचको सम्बन्ध भन्ने बुझिन्छ। परिवारले वा साथीभाईले दुई जनाबीचको सम्बन्ध अझै प्रगाढ बनाउन मित लगाउने प्रचलन छ। तर गोरखाको एउटा यस्तो ठाउँ छ जहाँ माघ १६ देखि १९ सम्म जात्रा लगाएर मितिनी लगाईन्छ त्यो पनि एक/दुई होइन धेरै जनाको।

धार्चे गाउँपालिका ३ मा रहेको तातोपानीमा वर्षेनी हुने मेलाको अवसरमा स्थानीयले मितिनी लगाउँथे। यो त्यहाँको धार्मिक एवं सांस्कृतीक महत्व बोकेको संस्कृती हो। यस पटक गाउँपालिकाले महिलाहरुको जोडी तयार गरेर सामुदायिक मितिनी लगाउने कार्यक्रम समेत तय गरेको छ। यस पटक गाउँपालिका र तातोपानी संरक्षण समितिको आयोजनामा जात्रासहित मितिनी मेला आयोजना गरिएको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताए। धार्चे मनास्लु क्षेत्रमा पर्ने भएकाले त्यहाँ आउने आन्तरीक तथा वाह्य पर्यटकलाई लक्षित गरी मेला गर्न लागेको गाउँपालिकाले जनाएको छ।

‘नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन, धार्चेको ऐतिहासिक र धार्मीक महत्व, संस्कृतीको बारेमा प्रचार गर्न मेलाले मद्धत पुग्नेछ’ गाउँपालिका अध्यक्ष गुरुङले भने। शहिद दिवसको अवसर पारेर खोर्लाबेसीमा मेला हुने भएको हो। चार दिनसम्म चल्ने मेलामा धार्चेको पञ्चवर्षिय आवधिक योजना पुस्तिका बिमोचन, धार्चे गाउँपालिकाको लोगो बिमोचन, हिमाल आरोही लगायत बिभिन्न क्षेत्रमा धार्चे गाउँपालिकालाई परिचित गराउने व्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रम रहेको अध्यक्ष गुरुङले बताए।

सरसफाई सम्बन्धि दोहोरी गित प्रतियोगिता, माध्यामिक तह स्तरीय हाजिरी जवाफ प्रतियोगिता, तातोपानी मुहानदेखि खोर्लाबेसीसम्म करिब एक किलोमिटर दौड प्रतियोगिता, धार्चे गाउँपालिकाको फोटो प्रर्दशनी, वृत्तचित्र प्रर्दशनी, प्याराग्लाईडिङ उडान रहने तातोपानी संरक्षण समितिका अध्यक्ष सुवन गुरुङले बताए।

मेलामा स्थानीय स्तरमा उत्पादित कृषिजन्य वस्तुको बिक्री, खाना स्टल, धार्चेमा कार्यरत गैरसरकारी संस्थाको बारेमा जानकारी दिने स्टल राखिनेछ। सोही अवसरमा भलिबल प्रतियोगिता पनि हुने जनाइएको छ।  

 

प्रकाशित: ११ माघ २०७६ १४:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App