१० पुस २०८१ बुधबार
image/svg+xml
समाज

सबै प्रदेशमा विज्ञान अध्ययन केन्द्र स्थापना गरिने

काठमाडौं - राष्ट्रिय विज्ञान प्रविधि तथा समन्वय परिषद्को पहिलो बैठकले विज्ञान तथा प्रविधि क्षेत्रलाई प्रवद्र्धन गर्न प्रत्येक प्रदेशमा एक/एक वटा विज्ञान अध्ययन केन्द्र स्थापना गर्ने निर्णय गरेको छ। परिषद स्थापना भएको १५ वर्षपछि पहिलो पटक शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलको अध्यक्षतामा बुधबार बसेको बैठकले विज्ञान तथा प्रविधि विषयको प्रवद्र्धन गर्नका लागि सबै प्रदेशमा अध्ययन केन्द्र खोल्ने निर्णय गरेको मन्त्रीका स्वकीय सचिव पुरन केसी खड्काले जानकारी दिए।

विज्ञान प्रविधि तथा नवप्रवर्तनको क्षेत्रमा प्रादेशीक विशिष्टताका आधारमा उचीत विकास, विस्तारमा सहयोग गर्ने बताएको छ। साथै उपलब्धी समतामूलक उपयोगको लागि प्रदेश र स्थानीयस्तरमा विज्ञान प्रविधि सम्बन्धी कामलाई प्रभावकारी रूपले कार्यान्वयन र समन्वय बताइएको छ। ‘सम्वृद्ध नेपाल सुखी नेपाली ’ भन्ने सोचसहित देशले दिगो विकासको मार्ग्चित्र कोरिसकेको छ। राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन नीति, २०७६ को दफा ११ मा व्यवस्था भएअनुसा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेलको संयोजकत्वमा समन्वय परिषद्को पहिलो बैठक बुधबार बसेको हो।

विज्ञान तथा प्रविधि देशको समृद्धि मापन गरिने सूचांककासाथै मानिसको गुणस्तरीय जीवन र राष्ट्रिय सुरक्षाको प्रत्याभूतिसँग पनि जोडिएको विषयलाई मन्त्री पोखरेलले गम्भिर रूपमा लिएको बताइएको छ। दिगो विकास र गुणात्मक उत्पादनसँग जोडिएकाले नयाँ ढंगबाट यसलाई प्रदेशस्तरमा सञ्चालन गर्ने तयारी भएको बताइएको छ। सोही बैठकले विज्ञान, प्रविधि तथा नव प्रवर्तन कोषको स्थापना, राज्यको दीर्घकालीन सोच, क्षेत्रगत नीति, विज्ञान, प्रविधि तथा नवप्रवर्तन नीति,आवधिक योजनामा वैज्ञानिक अनुसन्धान तथा नवप्रवर्तनलाई प्राथमिकतामा राख्ने निर्णय भएको शिक्षा मन्त्रीका स्वकीय सचिव खड्काले बताए।

सबै क्षेत्रमा वैज्ञानिक अनुसन्धान, प्रविधि विकास तथा नवप्रवर्तनको उपयोग गर्ने प्रयोजनका लागि छुट्टै विज्ञान प्रविधि तथा नवप्रवर्तन कोषको व्यवस्था गरिने तर्फ मन्त्रालयले गृहकार्य सुरु गरिसकेको बताइएको छ। राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन नीति, २०७६ ले विज्ञान प्रविधि तथा नवप्रवर्तनको क्षेत्रमा उपयुक्त र आकर्षक वातावरण निर्माण गर्ने, संस्थाको सवलीकरण गर्ने र सक्षम मानव पूँजी विकास गर्नुका साथै सम्पूर्ण सरोकारवाला संस्थाको पहिचान गरी सहकार्य र समन्वयमा नीतिको कार्यान्वयन गर्ने निर्णय पनि भएको बताइएको छ।

वैज्ञानिक अनुसन्धान, प्रविधि विकास तथा नवप्रवर्तनका लागि बजेटको व्यवस्था गर्ने, विज्ञान प्रविधि र अनुसन्धानको महŒवलाई प्राथमिकतामा राख्दै १५औं योजनामा दीर्घकालीन सोच अन्तर्गत कूल गार्हस्थ्य उत्पादनको २.५५ सम्म लगानी गर्ने उद्देश्य राखिएको छ। चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा असल, सिर्जनशील र विश्लेषणात्मक सीपयुक्त जनशक्ति विकास गर्न विज्ञान, प्रविधि र अनुसन्धानमा लगानीमा वृद्वि गर्ने लक्ष राखिएको थियो।

प्रकाशित: १० माघ २०७६ ०२:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App