९ पुस २०८१ मंगलबार
image/svg+xml
समाज

सहमति विपरित नियुक्त गरेको भन्दै संयुक्त रूपमा पार्टी परित्याग

रसुवा– जिल्ला खेलकुद विकास समिति रसुवामा सहमति विपरित अध्यक्ष नियुक्त गरेको भन्दै पूर्वअध्यक्ष तेम्पासिंगी तामाङसहित ५० जना कार्यकर्ताले पार्टी परित्याग गरेका छन्।

बागमती प्रदेश खेलकुद विकास समितिअन्तर्गत रहेको समितिमा दावा तामाङलाई चयन गरेपछि पार्टीका कार्यकर्ताले पार्टी परित्याग गरेका हुन्। पूर्वअध्यक्ष तेम्पासिंगी तामाङलाई नै अध्यक्ष पदमा पुनर्बाहली गर्ने सहमति भएको र अन्तिममा दावा तामाङलाई चयन गरेको भन्दै बुधबार विज्ञप्ती जारी गर्दै पूर्वअध्यक्ष तामाङसहित पार्टी छोडेको घोषणा गरेका हुन्।

प्रदेश समितिको मंगलबार बसेको बैठकले दावा तामाङलाई चयन गरेको थियो। पार्टी परित्याग गरेका कार्यकर्ताले पार्टी अध्यक्ष कर्णेल लामाले राजीनामा नदिँदासम्म पार्टीमा नफर्कने बताएका छन्। उनीहरूले पार्टी एकीकरण पश्चात पार्टी अध्यक्ष लामाले भातृसंगठनहरूमा तत्कालिन माओवादीलाई मात्र अवसर दिएको आरोप लगाएका छन्।

पूर्वअध्यक्ष तामाङ २०६५ सालमा युवा संघको अध्यक्ष, २०६७ सालमा युवा संघ नेपालको केन्द्रीय सदस्य तथा युवा संघ नेपालको पश्चिम बागमती सचिव भएका थिए भने २०७२ साउन १२ गते जिल्ला खेलकुद विकास समितिको अध्यक्ष भएका थिए।

 

प्रकाशित: ८ माघ २०७६ ०९:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App