२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

छाडा गाईवस्तुको संरक्षण गरिदै

कविराज कार्की

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उत्तरतर्फको धावनमार्गको ठूलो सावर्जनिक चौर सधैँजसो बिहान व्यस्त रहन्छ। यहाँ मानिसहरू मर्निङवाकसँगै फुटबल, ब्याडमिन्टनमा रमाइरहेका हुन्छन्। त्यही छेउको एक कुनामा भने केही व्यक्ति छाडा छाडिएका पशु–चौपायाको हेरचाहमा तल्लिन छन्। कोही बाच्छाहरूको लागि तातो कुँडो पकाउँदै, कोही भुसा लगायत आहाराको व्यवस्था गर्दै छन् भने कोही गोठभित्रको भकारो सोहोर्दैै।  
 
बाग्मती सफाइ अभियन्ता, छाच्डा गाई बाच्छा अभियन्ता तथा मानव अधिकार  शान्ति समाजका केन्द्रीय सभापति उत्तम पुडासैनी  लगायतको टोलीले काठमाडौंमा गाईपालकहरूले बूढो वा थारा (नब्याउने) गाई र बाच्छाहरूको स्याहार गरेका हुन्। उनका अनुसार, पशुबाट उत्पादन र आम्दानी लिन सकिने समयसम्म पाल्ने र त्यसपछि सडकमा छाडिदिने परिपाटीका कारण यहाँका सडकमा बेवारिसे चौपायाको संख्या बढिरहेको छ।

गाईबाच्छा संरक्षणमा हाम्रो टिम लागि परेको छ, निरन्तर बाग्मती सफाइ गर्दै जाँदा बाग्मतिको किनारामा यत्रतत्र लडेका र सडक दुर्घटनामा परेका गाईबाच्छाहरूलाई ६ बर्षको अबधिमा हामीले चौधसय भन्दा बढि गाईबाच्छाहरूको मलामी बन्नु परेको कठोर अनुभव छ, सुनाए। कुकुरको टोकाइबाट सडक दुर्घटनाबाट बस्ने ओत नभएर हामीले यो आवासगृह बनाएका हौं। हामीले बारम्बार सम्बन्धीत निकायलाई घच्घच्याएका छौं, राष्ट्रियता भनेको झण्डामा मात्रै हुदैन्। राष्ट्रियता भनेको राष्ट्रिय जनावरमा हुन्छ, राष्ट्रिय पन्छीमा हुन्छ। हामीमा राष्ट्रभाव खैत भन्ने सन्दर्भमा बारम्बार प्रधानमन्त्रीको कार्यालय सम्म पनि यि राष्ट्रिय जनावरहरूमाथिको अन्याय अन्त्य गरियोस्,भनि पत्राचार गरेको कुरा सुनाए।

स्थानीय स्तरमा यो काम ले समस्या होइन राम्रो गरेका छ। बाटामा जथावाभी छोडिएका बाच्छा बाच्छीहरूलाई सडकमा गाडीले हानेर मार्ने तथा घाइते बनाउने। कुकुरहरूको टोकाइबाट मर्ने तथा घाइते भएर बाच्छाहरूको बिजोक देखिने समस्याबाट मानिसहरूलाई धेरै हदसम्म राम्रो भएको छ। छाडा गाई बाच्छाको संरक्षणबाट त्यस क्षेत्रमा कुनै पनि क्षति र नराम्रो नभएको स्थानीय जयराम पुडासैनी बताउछन्।

वागमती अभियन्ता तथा गाई बाच्छा अभियन्ता ईश्वर पुडासैनीका अनुसार, यहाँ गाई बाच्छाहरू पाल्नले त्रिभुवन विमानस्थललाई कुनै समस्या र असर गरेको छैन। कुनै गाई बाच्छा मरेमा खाल्डो खनेर राम्रोसँग गाड्ने गरेको बताए।

सडक उचित व्यवस्थापन गर्नु स्थानीय तहलाई चुनौतीको विषय भईरहेको बेलामा सडकमा छाडिएका पशु चौपया व्यवस्थापन गर्नु थप टाउको दुखाईको विषय भएको छ। आफ्नो नगर परिसरमा पशु चौपया नछोड्न सबैभन्दा पहिले कृषकलाई सचेत गराएको कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष श्री चापागाईले बताए। यस्तो कार्य गैरकानुनी भएको भन्दै वडाध्यक्ष चापागाईले भने,‘ नगर परिसरमा छाडा छोडिएका पशुचौपया कसको हो भन्ने छानविन गर्नको लागि नगरपालिकाले विभिन्न कार्यक्रम र घर भ्रमण गरी पशु चौपयाको तथ्याङ्क सङ्कलन गरिरहेको छ।’ यो समस्या यस नगरबाट मात्र नभई छिमेकी नगर गोकर्णेश्वर नगरपालिकाबाट भित्रिएका छाडा पशु चौपयाबाट पनि भएकाले यसको उचित व्यवस्थापनका लागि उक्त स्थानीय तहसँग पनि समन्वय योजना बनाएको अध्यक्ष चापागाईल्े बताए।
 
कागेश्वरी मनोहरा स्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको जग्गामा करिब ७० ओटा छाडा गाईवस्तुलाई सेवा दिदै आएको बाग्मती सफाइ अभियन्ता तथा छाडा गाई बाच्छा अभियन्ता गोविन्द पुडासैनीले बताए। उनले भने, बाग्मतिको सरसफाइ गर्दै जाने क्रममा नदिको छेउछाउमा सबैभन्दा बढि गाई मरेका भेटाएपछि र सडक दुर्घटनामा गाईहरू नै परेको देँखेर यो काम थालेका हौं। ‘हामीले २०७६ जेठ १ गतेदेखि सडकमा यत्रतत्र छरीएर रहेका गाईको सुरक्षामा खटिएका छौं,।’ राष्ट्रिय जनावरको रक्षा लागी हामी तन मन धन लगाएर यसमा निरन्तर रुपमा लागिरहेका छौं उनले बताए।

किसानले आफ्नो स्वार्थपुर्तिका लागि गरिएको यो काम राष्ट्रको राष्ट्रियतामाथि आघात परेको छ। पृथ्वीमा रहेसम्म राष्ट्रिय गाईको सेवा गर्ने सौभाग्य मिलेको छ, पुडासैनीले बताए। हामीले चिया खाने पैसालाई जोगाउँदै गाईलाई पीेठो किनेर कुँडो बनाएर खुवाउने गरेका छौं।

राष्टिय जनावरलाई त यति अवहेलना गरिन्छ, अरु जनावरको हालत झन के होला, बाग्मती सफाइ अभियन्ता तथा गाईबाच्छा अभियन्ता भगवान पुडासैनी सुनाउँछन्।

गत वर्ष, भदौ १ गतेबाट लागू भएको मुलुकी अपराध संहिता ऐन २०७४ बारे पशु व्यवसायीहरूलाई सचेत गराउने र यसको उल्लंघन गर्नेलाई पनि कानुनी दायरामा ल्याउन सहज हुनेछ। मुलुकी अपराध संहिता ऐन २०७४को परिच्छेद ४ को दफा ११७मा आफूले पालेका वा आफ्नो नियन्त्रणमा रहेको पशुपंक्षी अर्काको घर, जग्गामा वा सार्वजनिक बाटो घाटो वा सार्वजनिक स्थलमा छोड्नु हुदैँन भन्ने उल्लेख गरिएको छ। यदि कोही कसैले यस्तो कार्य गरेमा मुलुकी अपराध संहिता ऐन २०७४को परिच्छेद ४ को दफा ११७ को उपदफा २ अनुसार ३ महिनासम्म कैद र ५० हजार रुपैँया जरिवाना वा दुवै सजाय हुनेछ।

गत वर्ष भदौ १ गतेबाट लागू भएको मुलुकी अपराध संहिता ऐन २०७४ बारे पशु व्यवसायीहरूलाई सचेत गराउने र यसको उल्लंघन गर्नेलाई पनि कानुनी दायरामा ल्याउन सहज हुनेछ। मुलुकी अपराध संहिता ऐन २०७४को परिच्छेद ४ को दफा ११७मा आफूले पालेका वा आफ्नो नियन्त्रणमा रहेको पशुपंक्षी अर्काको घर, जग्गामा वा सार्वजनिक बाटो घाटो वा सार्वजनिक स्थलमा छोड्नु हुदैँन भन्ने उल्लेख गरिएको छ। यदि कोही कसैले यस्तो कार्य गरेमा मुलुकी अपराध संहिता ऐन २०७४को परिच्छेद ४ को दफा ११७ को उपदफा २ अनुसार ३ महिनासम्म कैद र ५० हजार रुपैँया जरिवाना वा दुवै सजाय हुने कानुनमा उल्लेख गरिएको छ।

प्रकाशित: १ माघ २०७६ ०१:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App