१२ मंसिर २०८१ बुधबार
image/svg+xml
समाज

महोत्तरीका तीन औषधि पसलमा सिलबन्दी

महोत्तरी – औषधि व्यवस्था विभागले महोत्तरीको गौशालामा सञ्चालित तीनवटा औषधि पसलमा शनिबार सिलबन्दी गरेको छ। औषधि व्यवस्था विभाग शाखा कार्यालय वीरगञ्जका फार्मेसी निरीक्षक डा. चन्देश्वर यादवको नेतृत्वमा गौशाला बजारस्थित औषधि पसलहरूमा अनुगमन गर्दा अव्यवस्थित, दर्ता नगरेको र फर्मासिस्टविना औषधि पसल पोलिक्लिनिकमा सञ्चालन गरेको पाइएपछि तीनवटा पसलमा सिलबन्दी गरिएको अनुमगन टोलीमा सहभागी फार्मेसी निरीक्षक दीपेन्द्रकुमार साहले जानकारी दिए।

साहका अनुसार अनुगमन टोलीले गौशाला पोलिक्लिनिक, गौशाला सिटी हेल्थ केयर र दिव्य हेल्थ क्लिनिकमा सिलबन्दी गरिएको हो।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालको पुस २३ गते पद पुनर्बहाली भएलगत्तै औषधि पसलको अनुगमन निरीक्षण तीव्र पारिएको र निरन्तरता दिँदै अहिलेसम्म महोत्तरी र सिन्धुलीका ३० वटा औषधि पसलमा अनुगमन गरिएको साहले बताए।

अनुगमनको क्रममा औषधि व्यवसायीले विनाफर्मासिस्ट पसल सञ्चालन गरेको, म्याद नाघेका औषधि सञ्चय गरेको र बिक्री गर्दा बिल नदिने गरेको पाइएको फार्मेसी निरीक्षक साहले जानकारी दिएका छन्। उनका अनुसार विभागले अनुगमन तीव्र पारेपछि सिन्धुली र महोत्तरीका औषधि पसल सञ्चालक पसल बन्द गरी भागाभाग गरेका छन्। अनुगमनलाई अझै निरन्तरता दिँदै जाने सो विभागले जनाएको छ।

प्रकाशित: २७ पुस २०७६ ०३:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App