६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

मुगुमा भारी हिमपात, हवाई सेवा बन्द

मुगुमा भारी हिमपात भएपछि जनजीवन अस्तव्यस्त । तस्बिर: सुमन मल्ल

मुगु- हिमाली जिल्ला मुगुलगाएत कर्णालीका सबै जिल्लामा भारी हिमपात भएको छ। बिहीबार अपरान्हको समयपछि लगातार हिमपात भएपछि मुगुको जनजीवन प्रभावित भएको हो।

हिमपातको कारण नेपालगंज सुर्खेतबाट मुगु आउने यातायात र सवारी साधनहरु जुम्ला जिल्लाको गोठी ज्यूला र कालीकोटको नाग्मामा अलपत्र परेको छ भने रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरु पनि निकै समस्यामा परेका छन्।

अघिल्लो हिउँदमा माघको पहिलो साताबाट हिमपात भए पनि यो वर्ष एक महिना अगाडी नै हिमपात सुरु भएको थियोे। हिमपातसँगैको चिसोले बालबालिका, वृद्धवृद्धा र काममा निस्कने व्यक्ति बढी प्रभावित भएका छन्। चिसोले भेडा बाख्रासहित अन्य पशुचौपायालाईसमेत समस्या भएकोे सोरु गाउँपालीकाका पदमवहादुर शाहीले बताए। बाक्लो हिमपातले शैक्षिक संस्था , सरकारी कार्यलयको कामकाज प्रभावित भएका छन्। निजि विद्यालय रारा डाईनामिक स्कुलको शुक्रबारको अर्धवार्षिक परिक्षा हिमपातका कारण बन्द गरीएको रारा डाईनामिक विद्यालयका प्राध्यापक कमल शाहीले जानकरी दिए।

दुई दिनदेखि हवाई सेवा ठप्प
लगायतको हिमपातले मुगु जिल्लाको एक मात्र हवाई सेवा ताल्च विमानस्थल पनि बन्द भएको छ। अघिल्लो पटकको हिमपातले दुई सातासम्म बन्द भएको नाग्म गमगढी सडक पुनः बन्द भएको हो। सडक यातायात र हवाई सेवा बन्द हुँदा यात्रु अलपत्र परेका छन्।

ईन्टरनेट सेवा बन्द
नेपाल टेलिकमको एडिसियल ईन्टरनेट सेवा बन्द भएको छ। बाक्लो हिमपातले जुम्लाको डाफेँ लेखमा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा समस्या आएपछी मुगुसहित साविको कर्णालीका जिल्लामा एडिसियल ईन्टरनेट सेवा नमस्ते मोवाईल सेवामा अवरुद्ध भएको नेपाल टेलिकम जिल्ला शाखा मुगुका निमित्त कार्यालय प्रमुख गणेश डिसीले बताए। नेपाल टेलिकमको सेवा अवरुद्ध हुँदा स्थानीय सञ्चार सेवाबाट बञ्चित भएका छन्।

किसान भने खुसी
यो वर्ष एक महिना अगावै हिमपात भएका कारण हिउँदेबालीको उत्पादमा राम्रो हुनेमा कृषकहरु आशावादी छन्। विशेष गरि अहिले खेतबारीमा लगाएको जौं, गहुँ बाली उम्रिने समय भएको र यहीं बेला हिमपात र पानी पर्दा खेतीपातीका लागि राम्रो मानिन्छ। अहिले समयमा नै वर्षा भएकाले सुख्खा जमिनमा छरिएको जौं, गहुँ राम्रैसँग उम्रिने, विषेश गरि उम्रेको बाली नष्ट गर्ने फट्याँग्रा लगायतका किरा मर्ने र हिउँदे बाली तथा तरकारीको उत्पादनमा पनि बृद्धि हुने जिल्ला कृषि विकास कार्यालय मुगु निमित्त पन्चलाल बुढाले जानकारी दिए।
 

 

प्रकाशित: १८ पुस २०७६ १२:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App