७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

सांसद शाहलाई पक्राउ गर्न अदालतको अनुमति

कपिलवस्तु- कपिलवस्तु क्षेत्र नम्बर ३ का सांसद अभिषेक प्रताप शाह र उनका गाडी चालकमाथी ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको छ। गत पुस ५ गते साँझ कृष्णनगर स्थित आफ्नै निवासमा बोलाएर राप्रपा तर्फबाट मेयरका उम्मेदवार तथा भोजपुरी फिल्मका कलाकार श्याम मिश्रा माथी सांसद शाहले निर्घात कुटपीट गरेका आरोप छ।

सो आरोप लगाउँदै मिश्राले दिएको जोहरीका आधारमा ईलाका प्रहरी कार्यालय कृष्णनगरले सांसद शाह र उनका सवारी चालक सोनु कहार भन्ने शशी कस्यममाथी बिहीवार मुद्दा दर्ता भएको हो। बिहीवार मिश्राले दिएको जाहेरी आधारमा ती दुईमाथी ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको अदालतका शाखा अधिकृत भीमराज ढकाले बताए।

सो मुद्दासंगै अदालतका न्यायाधीश लालकाजी श्रेष्ठले पक्राउ गर्न स्विकृति समेत दिएको उनले बताए। मिश्राले गत पुस ६ गते सांसद शाह र उनका सवारी चालकमाथी ज्यान मार्ने उद्योग लुटपाट शरीर बन्धकको आरोप लगाएर जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए। तर सो जाहेरी दर्ता गरिएको थिएन्। मिश्राले जाहेरी सच्चाएर पुनः ज्यान मार्ने उद्योगको मुद्दा दिएका थिए। सांसद शाहलाई कारबाही गर्नु पर्ने माग गर्दै मिश्राका समर्थकहरुले कृष्णनगर– चन्द्रौटा सडक अवरुद्ध गर्दै प्रर्दशन समेत गरेका थिए।

घटनामा नाम मुछिए पछि बिज्ञप्ती निकाल्दै सांसद शाहले आफ्नो त्यसमा कुनै संलग्नता नरहेको दाबी गरेका थिए। मदिराले मातिएको मिश्रा र आफनो गाडी चालकबीच भनभान पछि हातपात भएको उनले बताएका थिए। बुधवार मध्यरात ११ बजेर ५२ मिनेटमा उनले आफ्नो फेसबुक बालमा मुद्दा और मुकदमा मर्दो के उपर लगता है, नामर्दो पर नही भन्दै पोस्ट गरेका छन्।

प्रकाशित: १८ पुस २०७६ १२:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App