१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सवारी दुर्घटनामा एकको मृत्यु

भैरहवा- भैरहवा–भुमही सडकमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। रुपन्देहीको रोहिणी गाउँपालिका ३ बैकुण्ठपुरमा परासी तर्फ जादैँ गरेको ना ५ च ५८१ नम्बरको बोलेरो गाडीले भैरहवा तर्फ आउदै गरेको लु ५१ प ९५५३को मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो।

करिब ५ बजेर ३० मिनेटमा दुर्घटनामा यामाहा एफजेड गाडीमा सवार रोहिणी ३ बस्ने ४२ वर्षीय व्रिजेशकुमार गुप्ता गम्भीर घाइते भएका थिए। गुप्ताको युनिभर्सल मेडिकलमा उपचारको क्रममा ५ बजेर ५० मिनेट जाँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरिक्षक खड्गबहादुर खत्रीले जानकारी दिए।  

आलु बोकेर परासी तर्फ जादैं गरेको बोलेरो गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने मोटरसाइकल पूर्ण रुपमा क्षति भएको प्रहरी जनाएको छ।
 

प्रकाशित: ८ पुस २०७६ १३:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App