१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
समाज

पक्राउ पर्ने अवैध चिनियाँ नागरिकको संख्या १२२ पुग्यो

काठमाडौं– अवैध रुपमा नेपालमा बसोवास गर्दै आएका चिनियाँ नागरिकको पक्राउ संख्या १ सय २२ पुगेको छ।

उनीहरुलाई प्रहरीले विषेश अप्रेसन सञ्चालन गर्दै आज पक्राउ गरेको हो। महानगरीय प्रहरी अपराध महाशाखा तथा महानगरीय प्रहरी परिसरको संयुक्त टोलीले उनीहरुलाई  राजधानीका विभिन्न स्थानबाट पक्राउ गरेको हो।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाका अनुसार उनीहरु विगत लामो समयदेखि काठमाडौंमा विभिन्न पेशा व्यवसाय गर्दै बसोबास गरिरहेका थिए।

थापाका अनुसार उनीहरुको भिसा म्याद समाप्त भएकाले अनुसन्धानका लागि पक्राउ गरिएको हो। पक्राउ परेका सबैलाई महानगरीय प्रहरी परिसरमा ल्याइएको छ। 

प्रहरीका अनुसार उनीहरु काठमाडौमा होटल, सूचना प्रविधि तथा कृषि र अन्य पेशामा संलग्न भइरहेका छन्।  ‘केही समय अघिदेखि उनीहरु विभिन्न अपराधमा संलग्न भएको आरोप लाग्दै आएको छ, हामी त्यो विषयमा पनि अनुसन्धान गरिरहेका छौ’, महाशाखा प्रमुख थापाले भने।

प्रकाशित: ७ पुस २०७६ १२:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App