२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

तीन अग्नी पिडित परिवारलाई राहत

खोटाङ– खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले तीन अग्नी पिडित परिवारलाई राहत प्रदान गरेको छ। गत पुस १ गते राति विद्युत सर्ट हुँदा भएको आगलागीका पिडित खोटेहाङ गाउँपालिका–७ खोटाङ बजारका माणिकलाल प्रधान, उनका घरमा मोबाईल पसल गर्दै आएका रमेश राई र स्टेशनरी पसल गर्दै आएका घनश्याम फुयाललाई कोषले राहत प्रदान गरेको हो।

खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषका खोटेहाङ गाउँपालिका प्रतिनिधि इन्द्र नारथुंगेको समन्वयमा अग्नी पिडित परिवारलाई जनही पाँच/पाँच हजार रुपैयाँ राहत प्रदान गरिएको हो। राहत रकम खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राई र उपाध्यक्ष कविता राईले अग्नी पिडितलाई हस्तान्तरण गरेको खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषका कोषाध्यक्ष युगसन किरातले बताए।

आगलागीमा दुई वटा पसल सञ्चालनमा रहेको प्रधानको घरको तल्लो तलामा पूर्णरुपमा क्षति पुगेको छ। आगलागीमा घरका मालिक प्रधानको करिब ३० लाख रुपैयाँ, मोबाईल पसल सञ्चालक राईको १८ लाख रुपैयाँ र स्टेशनरी सञ्चालक फुयाँलको १५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको अनुमान छ।

राईको मोबाईल पसल सञ्चालनमा रहेको कोठाबाट आगलागी सुरु भएको थियो। मोबाईल पसलमा चार्जमा राखेको विद्युतीय सामग्रीमा विद्युत सट हुँदा आगलागी भएको अनुमान गरिएको छ।

 

प्रकाशित: ५ पुस २०७६ ११:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App