११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

जलाउँदै गरेको शव प्रहरी नियन्त्रणमा

बारा- जलाउँदै गरेको शवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। हत्या पछि महिलाको शवलाई जलाउँदै गएको भेटिएपछि प्रहरीले शुक्रबार त्यसलाई  नियन्त्रणमा लिएको हो।

पचरौता नगरपालिका १ पिपरपातीका अन्दाजी ३८ वर्षिय माल्ती देवीको जलाउँदै गएको शवलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको बारा प्रहरीले जानएको छ।

बाराका प्रहरी उपरीक्षक विकासराज खनालले  झगडा हुँदा घरमै एक महिलाको ज्यान गएको सूचना पाए पछि त्यसको बारेमा बुझ्न प्रहरी त्यसतर्फ गएको बताए।

प्रहरीको टोली गाउँमा पुग्दा रामदयाल महतोले आफ्नै श्रीमती माल्ती देवीको हत्या गरेर शवलाई जलाउँदै गरेको खुलेपछि त्यसलाई नियन्त्रणमा लिएको उपरीक्षक खनालले बताए।

महतोको घरबाट चार सय मिटर दुरीमा रहेको नेपाल भारत सीमाना नजिकैबाट जल्दै गएको शवलाई नियन्त्रणमा लिएको उनले बताए।

महतो र उनको घरका सदस्यहरु फरार रहेको खनालले बताए।

 

प्रकाशित: ४ पुस २०७६ १२:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App