२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दुई विद्यालय भवन निर्माण

धादिङ – साढे चार वर्षअघि भूकम्पले भत्किएका धादिङ रुविभ्याली गाउँपालिका–४ सेर्तुङका दुईवटा विद्यालय भवन निर्माण गरिएको छ। युनाइटेड मिसन टु नेपाल (युएमएन) र हिमालय सामुदायिक मुक्ति समाज (हिम्स नेपाल) धादिङको साझेदारीमा मुक्रापदेवी मावि र दुबाङ आधारभूत विद्यालयको भवन निर्माण गरिएको हो।

मुक्रापदेवी माविको १४ कोठे भवन एक करोड ७३ लाख ५३ हजार तीन सय ८८ रुपैयाँ लगानी र सोही विद्यालयमा तीन कोठे शौचालय १३ लाख ४३ हजार एक सय ९९ रुपैयाँको लागतमा निर्माण गरिएको बताइएको छ। त्यसैगरी सोही वडामा रहेको दुबाङ आधारभूत विद्यालयको दुई कोठे भवन २८ लाख ९९ हजार दुई सय ५४ रुपैयाँको लगानीमा निर्माण गरिएको छ।

उक्त विद्यालयमा पाँच लाख ६ हजार चार सय ८५ रुपैयाँको लागतमा दुई कोठे शौचालय समेत निर्माण गरिएको विद्यालयले जानकारी दिएको छ। विद्यालयमा शैक्षिक सामग्री समेत उपलब्ध गराइएको हिम्स नेपालका कार्यकारी निर्देशक शिलास तामाङले जानकारी दिए।

प्रकाशित: ३ पुस २०७६ ०४:४२ बिहीबार

विद्यालय भवन_निर्माण