२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

गहना चोरी गरेर भाग्दै गर्दा पक्राउ

चुरियामाई– मकवानपुर प्रहरीले गहना चोरी गरेर भाग्दै गरेका एकजनालाई पक्राउ गरेको छ।

गएराति चोरी गरेर भाग्दै गरेको अवस्थामा हेटौँडा– ८ बस्ने १८ वर्षीय साजन पराजुली पक्राउ परेका हुन्। हेटौंडा उपमहानगरपालिका–४ स्थित गौरीकुमार मैनालीको घरमा चोरी भएको थियो।

खबर पाउनासाथ वडा प्रहरी कार्यालय हेटौँडाबाट प्रहरी निरीक्षक ईश्वरीप्रसाद भण्डारीको नेतृत्वमा खटिएको टोलीले भाग्दै गरेको अवस्थामा पराजुलीलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार पराजुलीका साथबाट चन्द्रमा, झुम्का, तिलहरी, मङ्लशुत्र औंठीसहित सुनका गरगहना र एक थान ल्यापटप बरामद गरेको छ। 

पराजुलीलाई बुधबार जिल्ला अदालतबाट चोरी मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान तथा कारवाही भइरहेको जनाइएको छ। रासस

प्रकाशित: २ पुस २०७६ ११:५८ बुधबार

पक्राउ गहना