६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

लागुऔषधसहित किशोर पक्राउ

उदयपुर- उदयपुर प्रहरीले लागुऔषधसहित एक किशोरलाई पक्राउ गरेको छ। शनिबार राति लाहानदेखि गाईघाटतर्फ आउँदै गरेको स१ज ५०३ नम्बरको विङ्गर जिपमा सवार उदयपुरगढी गाउँपालिका २ का १८ वर्षीय बिप्लब तामाङ १ सय ३० थान लागुऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार उदयपुर र सप्तरीको सीमास्थल त्रियुगा नगरपालिका ६ लालपत्तास्थित प्रहरी चौकी लालपत्ताले खानतलास गर्ने क्रममा विङ्गरमा सवार तामाङलाई अवैध लागुऔषधसहित फेला पारी पक्राउ गरिएको हो। उनको साथबाट नाईट्रोभेट नामक अवैध लागुऔषध फेला परेको चौकीले जनाएको छ।

तामाङलाई जिल्ला प्रहरी कार्यालय गाईघाटमा ल्याएर कानूनी कारवाहीका लागि आवश्यक अनुसन्धान सुरु भएको प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताएका छन्।
    

प्रकाशित: २९ मंसिर २०७६ १२:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App