११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

कुटपिटबाट हत्या आरोपमा तीन पक्राउ

खोटाङ – खोटाङमा एकजनाको मृत्यु हुनेगरी कुटपिटमा संलग्न भएको आरोपमा तीन युवा पक्राउ परेका छन्। कुटपिटबाट गम्भीर घाईते भएका हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान गैरीगुठका २४ वर्षिय रमेश राईको मृत्यु भएपछि फरार रहेका हलेसी तुवाचुङ नगरपालिका–९ सल्ले तल्लो चिचिङ्गाका अशोक राई, बलराम राई र बबिन राईलाई प्रहरीले शनिबार पक्राउ गरेको हो।

बिहिबार राती मुसलले टाउकोमा हान्दा गम्भीर घाईते भएका रमेशको हलेसीस्थित एक क्लिनिकमा उपचारकोक्रममा मृत्यु भएपछि उनीहरु फरार बनेका थिए। फरार तीन अभियुक्तलाई उदयपुरको घुर्मीबजारको साईडमा रहेको एक घरमा लुकीरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी बामदेव गौतमले बताए।

पक्राउ परेका तीनै जनाको जिल्ला अस्पतालमा मेडिकल गरेर थुनामा राखिएको छ। उनीहरु विरुद्ध कारबाही प्रकृया थालिएको डिएसपी गौतमले बताए। भूकम्प पुःननिर्माणको घर निर्माण सम्वन्धी काम गरेर फर्कँदै गरेका रमेशसँग बाटोमा भेट भएपछि सामान्य विषयमा झगडा हुँदा उनीहरुले कुटपिट गरेको प्रहरीले जनाएको छ।

प्रकाशित: २९ मंसिर २०७६ ०५:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App